अपडेट 
२०७९ जेष्ठ २१, शनिबार ०७:३३

मधेश प्रदेशमा समेत जनता समाजवादी पार्टी(जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले अपेक्षित सफलता पाउन नसकेपछि अगामी चुनावमा एक भएर जाने वहस सुरु भएको छ ।

संघीय र प्रादेशिक चुनावमा दुवै दल मिलेर जानुको बिकल्प नभएको कतिपय नेताहरुले बताउन थालेका छन् ।‘स्थानीय तहको निर्वाचन परिणामले दुवै दललाई एकजुट भै अगाडी बढन संकेत गरेको छ ’लोसपा मधेश प्रदेशका अध्यक्ष समेत रहेका प्रदेश संसदीय दलका नेता जितेन्द्र सोनलले भने, निर्वाचनको परिणामलाई आत्मसातगरि दुवै दल एक भएर जानु पर्छ । जसपा मधेश प्रदेशका अध्यक्ष समेत रहेका प्रदेश सांसद रामबाबु यादवलेपनि प्रदेश र प्रतिनिधि सभाको चुनावमा दुवै दल मिलेर जानुपर्ने आवश्यकता रहेको बताए ।‘विगतमा लोसपाका नेताहरुकै कारण दल विभाजित भएको यथार्थलाई स्वीकार गर्नुपर्छ’ उनले भने, लोसपाले गठबन्धन अथवा एकता जे गर्न चाहेपनि ढोका खुल्ला छ । स्थानीय तहको निर्वाचनमा जसपाको अवस्था लोसपाको भन्दा संख्यात्मक रुपमा दोब्बर छ ।तर त्यो अपेक्षित सफलता नभएको प्रदेश अध्यक्ष यादवको स्वीकारोक्ती छ । जसपा सत्तासित पाँच दलिय गठबन्धनमा आबद्ध छ ।

लोसपा एमालेको निकट देखिएपनि स्थानीय चुनावमा अपेक्षाकृत सहयोग प्राप्त गर्न सकेन् । २०७४ सालको चुनावमापनि स्थानीय तहमा अलग–अलग लडेको जसपा र लोसपाले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गठबन्धन बनाएर लडेका थिए ।दुबै दलले मधेश प्रदेशमा संयुक्त सरकारपनि बनाएको थियो ।तर त्यो गत वर्ष भंग भएपछि लोसपा प्रमुख प्रतिपक्षी द लबनेको छ । गठबन्धन अथवा एकिकरणका लागि औपचारिक र अनौपचारिक रुपमा संवाद सुरु भएको दुवै दलका शीर्ष नेताहरुले स्वीकारेका छैनन् ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=JP8zjhCGtqE

Comment


Related News

Latest News

Trending News