अपडेट 
२०७९ जेष्ठ २१, शनिबार ०७:५१

रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालमा उपचार गराउन आएका एक जना विरामीलाई रातिको डिउटीमा रहेका चिकित्सकले म्याद सकिएको स्लाइन दिएका छन् ।

मछ नामको स्लाइनको २ वटा बोतल चिकित्सकले उत्पादन म्याद र समाप्तिको समय नहेरिकन चढाएको भिडियो सामाजिक संजालमा सार्वजनिक भएपछी कुरो बाहिर आएको हो । रातिको समयमा उपचार गराउन आएका स्थानीय गौर नगर पालिका वडा नम्बर २ का एकजना पुरुष विरामीले विहीवार राती डिउटीमा एमेर्जेंसी शाखामा कार्यरत स्वास्थ्यकर्मीले अक्टुबर ०२१ मा म्याद समाप्त भएको स्लाइनको २ बोतल दिई रहेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि चिकित्सकको लापरवाही पुष्टि भएको हो । समय समयमा विवादित बन्दै आएका गौर अस्पताल प्रति स्थानीयहरुको नियमित निगरानी तथा प्रदेश सरकारको निष्कृयताले गौर अस्पतालका प्रति आम जनताको भने धारना विस्तारै विस्तारै बदलिदै गएको छ । अस्पताल प्रति नाकारात्मक सोच पाल्दै आएका रौतहट जिल्लाबासी अव गौर अस्पतालमा उपचार गाराउन भने डराई रहेका छन् । स द र म ु क ा म म ा रहेका गौर अस्पतालमा दरवन्दी अनुसारको दक्ष चिकित्सक नहुँदा स्थानियहरुलाई उपचार गराउन समस्या भएको छ । शारीरिक समस्या उत्पन्न भएपछी उपचार गराउन गएका स्थानीय गौर नगरपालिका वडा नम्बर ४ निवासी अभिमन्यु पटेलले डाक्टरले एन्टी बाइटिक औषधि अमोक्सोसिलिंग क्याप्सुल लेख्दा निःशुल्क औषधि वितरण केन्द्रमा लिन जाँदा २ जुन २०२२ को समय सीमा समाप्त भएको औषधि दिएको बताएका छन् । प्रादेशिक अस्पताल गौरका प्रमुख डाक्टर कृष्णा साहले म्याद सकिएको स्लाइन पानी विरामीलाई दिएको कार्य ठूलो गल्ति भएको स्वीकार्य गरेका छन् । विरामीलाई औषधि दिनु भन्दा पहिला मिती समय हेर्नु पर्नेमा सो नहेरेर गरेको कार्य ठूलो गल्ति भएको उनले बताए । इमर्जेन्सी शाखामा रहेका स्वास्थ्यकर्मीको गल्ति भएको भएपनि कारवाही गर्ने तर्फ डाक्टर साहले कुनै निर्णय लिन सकिने अवस्थामा रहेका छैन । स्टोर दाखिला गर्ने कर्मचारीले समय समयमा औषधिको चेकजाच नगर्दा यस्तो समस्या आएको भनाइ डाक्टर साहको रहेको छ ।

जिल्ला अस्पतालमा उपचार गराउन आउने विरामीलाई औषधिको अभाव रहेको भन्ने अस्पतालका कर्मचारीले म्याद सकिएको औषधि जलाउने गरेको देखिएको छ । प्रदेश सरकारले नियर एक्सपाएरी औषधि पठाउने गरेको कर्मचारीहरुको कथन रहेको छ । स्टोर प्रमुख रामाश्रे मुखियाले भने प्रदेश सरकारले एक दुई दिन पहिला मात्रै स्लाइनको बोतल लगायतका औषधिहरु पठाएको बताए । म्याद सकिएको पानी विरामीलाइ चढाएको कुरो बहिरिएपछि गौर नगरपालिकाका मेयर शम्भु साहले अस्पतालको स्थलगत रुपमा अनुगमन समेत गरेका छन् । अनुगमनको क्रममा त्रुटिहरु देखिएको मेयर साहले जनाएको छ । भएका कमी कमजोरीलाई हटाउन मेडिकल सुप्रिटेनडेन्ट साहलाइ निर्देशन समेत दिएको नगर प्रमुखले बताए । जिल्ला अस्पताल गौरमा अव्यवस्थित परिस्थति रहेको जनता समाजवादी पार्टी नेपालका भातृ संगठन विद्यार्थी युनियनका केन्द्रिय सदस्य ललन यादवले आरोप लगाएका छन् । उनले अस्पतालका प्रमुख डाक्टर कृष्णा साहले आफ्नो मनोमानी गर्दै आएको बताए । अस्पतालको रकम दुरुपयोग भई रहेको आरोप लगाउदै नेता यादवले कर्मचारी भर्ना, औषधि खरीद , ह चबथ मेशिन संचालन गर्ने कर्मचारीको लापरवाही , औषधि वितरणमा अनियमितता , भवन निर्माणमा अनियमितता रहेकोले छानविन गरी कारवाही गर्न सम्वन्धि निकाय सित जोडदार रुपमा माग गरेका छन् । जिल्ला अस्पतालमा स्थानीय कर्मचारीहरुको रहेका समूहले अस्पताललाई बदनाम गराउने कार्य गर्दै आएकाले कार्यरत कर्मचारीलाई जिल्लान्तर सरुवा गर्नु पर्ने मधेश प्रदेश सरकार संग माग समेत गरेका छन् ।

Comment


Related News

Latest News

Trending News