२०७९ जेष्ठ २१, शनिबार ०८:१२

राकेशभक्त पौडेल हत्यारालाई कारवाहीको माग गर्दै स्थानीयले करिब पाँच घण्टा जीतपुरमा चक्काजाम गरेका छन् ।

हत्याको २२ दिन भईसक्दा पनि दोषी पत्ता लगाई सार्वजनिक नगरिएको भन्दै पीडित परिवारसहितको स्थानीयले वीरगञ्ज पथलैया सड्कखण्डको जीतपुरमा बिहान ११ बजे देखि बेलुकाको पाँच बजेसम्म चक्काजाम गरेका हुन् । सड्कमै टायर बालेर स्थानीयले घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई सजायको माग गर्दै स्थानीयले चक्का जाम गरेका छन् ।मृतक राकेशभक्त पौडेलको साथमा रहेको पर्स घटनाको २२ दिनपछि शुक्रबार भेटिएको छ ।

जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ६ र वडा नं ३ को सीमानामा मृतकको पर्स भेटिएको प्रहरीले जनाएको छ । पर्स देखेपछि स्थानीय एक वृद्धले खोलेर हेर्दा मृतक राकेश भक्तको फोटो देखेपछि स्थानीय गाउँलले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पर्स भेटिएको ठाउँ सिल गरी पर्सको मुचुल्का उठाएको थियो । पर्समा कागज पत्र भेटिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले बताए । ज ी त प ु र िस म र ा उपमहानगरपालिका वडा नं.६ मा बैशाख ३० गते चित्रबहादुर केसीको घरमा ३८ वर्षीय राकेशभक्त पौडेलको हत्या भएको थियो । प्रहरीले गम्भिर भएर अनुसन्धान प्रक्रिया अघि नबढाएको भन्दै स्थानीयहरु आक्रोसित भएका थिए । ईलाका प्रहरी कार्यालय सिमराले हत्याको आरोपमा १२ जनालाई पक्राउ गरेको छ ।

Comment


Related News

Latest News

Trending News