अपडेट 
२०७९ जेष्ठ २१, शनिबार ०८:५३

भारतमा फेरि कोरोना संक्रमणदर बढेको छ।  शुक्रबार एकै दिन ४ हजार ४१ जना नयाँ संक्रमित भेटिएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ । र्यो  ११ मार्च पछिकै सबैभन्दा धेरै संख्या हो ।

महामारी सुरु भएपछि भारतमा अहिलेसम्म कोभिडबाट  ५ लाख २४ हजार ६५१ जनाको मृत्यु भइसकेको छ । तर, कोभिडबाट मृत्यु हुनेको संख्या सरकारले सार्वजनिक गरेको तथ्याङ्कभन्दा बढी भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यसअघि कोभिडको हटस्पट बनेको महाराष्ट्रमा धेरै संक्रमित देखिएका छन् । बढ्दो संक्रमण नियन्त्रण गर्न केन्द्रिय स्वास्थ्य मन्त्रालयले महाराष्ट्र, केरला, तेलंगना, कर्नाटक र तमिल नाडु राज्य सरकारलाई पत्राचार गरेको छ ।  भारतमा हालसम्म ८५ करोड १७ लाखभन्दा बढीको कोभिड परीक्षण गरिएको छ ।

 

Comment


Related News

Latest News

Trending News