अपडेट 
२०७९ जेष्ठ २१, शनिबार १२:४४

जर्मनीको दक्षिणपूर्वी राज्य बाभेरियामा रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । धेरै विद्यार्थी बोकेको ट्रेन म्युनिखतर्फ गइरहेको बेला गार्मिस–पार्टेनकिर्चेन नजिकै तीनवटा डिब्बा पटरीबाट खसेका थिए ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चान्सलर ओलाफ स्कोल्जले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति सहानुभूति जनाएका छन् ।

घाइतेमध्ये अधिकांश गम्भीर रहेको बताइन्छ । दुर्घटना स्थानीय समयअनुसार शुक्रबार भएको थियो ।

Comment


Related News

Latest News

Trending News