२०७९ जेष्ठ २३, सोमबार ०७:२८

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका नवनिर्वाचित गाउँपालिका अध्यक्ष राम पदारथ साहले गाउँपालिका अन्तर्गतको वडा न–१ र २ को टोल तथा बस्तीमा सरसफाइ तथा वृक्षरोपण गरेका छन् ।

यसवर्षको “केवल एउटा पृथ्वी“ भन्ने नाराका साथ आइतवार(जुन महिनाको ५ तारिख) विश्वव्यापी रुपमा मनाइंदै गरेको विश्व वातावरण दिवसको अवसर पारेर युवा तथा भावी पुस्तालाई स्वच्छ वातावरणको संदेश दिन अध्यक्ष साहले जनचेतना मूलक कार्यक्रमको आयोजना गरी सरसफाइ तथा वृक्षारोपण गरेका छन् । गापा अध्यक्ष साहले ब्रम्हपुरी गाउँपालिकालाई हरित नगर बनाउन आपूm लागेको बताउँदै सबै नागरिकलाई पनि आ– आफ्नो घरबाटनै सरसफाईको काममा लाग्न आग्रह गरेका छन् । वातावरणलाई सफा, सुन्दर र हराभरा बनाउन रुख विरुवाको संरक्षण गर्न आवश्यक रहेको अध्यक्ष साहले वताए । विश्वमा धरै प्रदुषण बढेकाले विभिन्न रोगको संक्रमण बढीरहेको तथा पृथ्वीनै तातिरहेको वैज्ञानिकहरुले बताईरहेको सन्दर्भमा प्राणी जगतकै अस्तित्व समाप्तको खतरा बढेकाले वातावरणलाई जोगाउन सबै नागरिक एकैसाथ लाग्न उनले आग्रह गरे ।

जबसम्म मान्छेले प्रकृति र आफूबीचको अन्तर सम्बन्धलाई बुझ्न सक्दैन, प्रकृतिलाई माया गर्न सक्दैन तबसम्म वातावरण संरक्षण सम्भव नभएकाले आफ्नो कामको शुभारम्भ वातावरण संरक्षणबाट गरेको अध्यक्ष साहले बताए । गापा अध्यक्ष साहको अगुवाइ तथा यस गाउँपालिकाको वडा न–२ मा रहेको महारानी युवा क्लबको सहभागीतामा ब्रह्मपुरी गापा अन्तर्गतका ७ वटै वडाका वडाध्यक्ष, कर्मचारी, स्थानीय बुद्धिजीवी, समाजसेवी, पूर्व जनप्रतिनिधि लगायय स्थानीयबासीहरुले विभिन्न टोल, बस्तीको सरसफाई गरी विभिन्न सार्वजनिक स्थानहरुमा भिक्स, गुलमोहर लगायतका बिरुवाहरु रोपेर वृक्षरोपण गरेको स्थानीय युवा समाजसेवी अजित यादवले जानकारी दिए । विश्व वातावरण दिवसको अवसरमा गापा अध्यक्ष साहले वातावरण संरक्षणमा हामी सबैले उत्तिकै जिम्मेवार भएर सोंच्न र सोही अनुसार काम गर्न जरुरी रहेको आफ्ना जनताहरुलाई संदेश समेत दिए ।

Comment


Related News

Latest News

Trending News