२०७९ जेष्ठ २३, सोमबार ०७:४०

कलैया उपमहानगरपालिकाका मेयर बिनोद साहले कलैया उपमहानगरपालिकालाई हरित नगर बनाउने बताएका छन् ।

ब्रम्हकुमारी राजयोग सेवा केन्द्र कलैयाद्वारा आयोजना गरिएको नव निर्वाचित जनप्रतिनिधीहरुको सम्मान तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले हराभरा र सफासुग्घर उपमहानगरपालिका निर्माण गर्ने आफनो सोच रहेको प्रष्ट पारे । कलैयामा जताजतै फोहरको ढुगुर रहेको त्यसबाट दुर्गन्ध बढने भएको हुँदा स्वास्थ्यमा पर्ने प्रतिकुल असरबाट नागरिकलाई बच्नका लागि सरसफाईको अभियानलाई तिब्रता दिने उद्घोष गरे । धुलो रहित कलैया बनाउन, सार्वजनिक ठाँउहरुमा सर्वजानिक शौचालय निर्माण, शुद्ध खानेपानीका लागि चापा कल जडान गर्न प्रतिवद्धता व्यक्त गर्दै मेयर साहले ब्रम्हकुमारी राजयोग सेवा केन्द्रलाई शिविर सञ्चालन गर्नेका लागि सहयोग गर्ने प्रतिवद्धता ब्यतm गरेका थिए ।

अहिले नगरपालिकामा पैसाको अभाव भएपनि श्रावन महिनाको शुरुवातीमा नै ब्रम्हकुमारीको नयाँ भवन सम्म जाने बाटोमा गा्रभेल गरिदिने प्रतिवद्धता व्यक्त गरे । पुरानो केन्द्रको अगाडिको सडक बर्षा याममा हिलामय हुने ,पानी जम्ने गरेको समस्या चाडै नै समाधान गर्ने बताए । भ्रष्टाचार मुतm उपमहानगर पालिका बनाउनका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन । मेयर साहले भ्रष्टाचार गर्दनदिने, गर्नेलाई छोडिदैन भन्दै मेयर साहले दतचित भई काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । ब्रम्हकुमारी राजयोग सेवा केन्द्र की सञ्चालिका मिना दिदीको अध्यक्षमा सम्पन्न सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य वालबिर चौधरी, समाजसेवी जंगबहादुर यादव, भरतबहादुर मल्ल, गोपाल अग्रवाल ब्रम्हकुमारी राजयोग सेवा केन्द्र कि मैया दिदी, सुसमा बहन लगायतकाले नवनिर्वाचित नजप्रतिनिधीहरुलाई सम्मान तथा स्वागत गरेका थिए ।

ब्रम्हकुमारी राजयोग सेवा केन्द्र कलैयाले मेयर बिनोद साह, उपमेयर रौशन प्रविण, वढा नम्बर १ देखि २७ सम्मका नवनिर्वाचित वडाअध्यक्षहरुलाई मायाको चिनो, खादा र पुष्पगुछाबाट सम्मान गरेको थियो । त्यसैगरि पत्रकार राकेश पाण्डेय, सुजित अर्याल, सिकेन्द्र पासवान, अजय साह, संजिव मिश्रालाई पनि दोसल्ला ओढाई सम्मान गरेका थिए । ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले समय समयमा सराहनिय, उदारणिय कामहरु समेत गर्दै जनमानसमा सकारात्मक कुराको शिक्षा प्रदान गर्ने गरेका छन । जननिर्वाचित प्रतिनिधीहरुको हैसला बुलन्द गर्न देखि जवाफ देही बनाउन सम्मको काममा ब्रम्हकुमारी राजयोग सेवा केन्द्र निरन्तर लागी परेको छ ।

Comment


Related News

Latest News

Trending News