२०७९ जेष्ठ २३, सोमबार ०८:२९

भारतको उत्तराखण्डको उत्तरकाशीमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ ।

आइतबार साँझ उत्तराखण्डको उत्तरकाशीमा यूके–०४ १५४१ नम्बरको बस सडकबाट खाल्डोमा खसेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार थिए ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनामा २६ जनाको मृत्यु भएको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार सबै यात्रु चारधाम यात्रामा जाँदै थिए ।

घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनीहरुको उपचार भइरहेको छ ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=D0l7A2nTN7s

Comment


Related News

Latest News

Trending News