२०७९ जेष्ठ २३, सोमबार १५:५७

प्रहरीले त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित ७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक चिनियाँ र एक भारतीय नागरिकपनि छन्।

दुबईबाट काठमाडौं आउने नेपाल वायुसेवा निगमको फ्लाइट नं आरए २३० को जहाजबाट आएका व्यक्तिहरुले सुन ल्याएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रुपन्देहीका ४२ वर्षीय सुरेश बहादुर शाही, कपिलवस्तुका २९ वर्षीय सन्दीप चन्द ठकुरी, बाराका २२ वर्षीय निर्मला घलान, काठमाडौंका ४१ वर्षीय राहुल भन्ने बरुणभक्त माथेमा, र नवलपरासी पश्चिमका ४१ वर्षीय युवराज भुसाल रहेका छन्।

यस्तै, २७ वर्षीय चिनियाँ नागरिक लोप्सन ग्याल्सेन र ५१ वर्षीय भारतीय नागरिक अमन राजपुतलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

निगरानीका क्रममा सुरेश र सन्दीपले आफूले लगाएको सर्ट, पाइन्ट र अन्डरवेयरमा सुन लुकाएर ल्याएको प्रहरीले फेला पारेको थियो।
पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comment

Related News

Latest News

Trending News