भोजपुरीका महान नाट्यकर्मी भीखारी ठाकुर जातिले हजाम हुनुहन्थ्यो । उहाँको जन्म १८ दिसम्वर सन् १८८७ मा भएको थियो र उहाँको जन्मस्थान भारतको छपरा जिला स्थित कुनुवपुर गाँव हो । भिखारी ठाकुरको पुस्तैनी धंधा थियो कपाल काटने, कुनै शुभ कार्यमा आफ्नो गाउँका मानिसहरुको कुटुम्व कहाँ निमन्त्रण पुगाउनु । भीखारी ठाकुर अत्यन्त लोकप्रिय नाट्यकर्मी समाजमा अत्यन्त सम्मानित हुनुभयो । सन् १९९२ मा विहारको राजधानी पटना नजीक यारपुर रेल्वे क्रोसिंगमा निर्मित पुलको नाम नै पद्म श्री भिखारी ठाकुर राखिएको थियो र त्यसै पुल नजीक उहाँको प्रतिमा पनि स्थापित गरिएको थियो । उहाँले पद्म श्री को उपाधि त पाउनु भएको थिएन तर यो सम्मान समाजबाट पाउनु भएको थियो । भिखारी ठाकुरलाई १९४४ ई.मा अंग्रेजले पनि राय वहादुरको उपाधि प्रदान गरेका थियो । विद्वानहरु उहाँलाई सन्त तुलसीदास सँग तुलना गर्न गरेको पनि पाइन्छ ।
भनिन्छ एक पटक कुनै बाबुलाई दाढी बनाउने बेलामा गीत गाउन प्रारम्भ गरी उक्त बाबूको गालामा हातले ताल ठोकन शुरु गरेपछि उक्त बाबू साहेवद्वारा नीकै डाँट खाएपछि यस दाढ़ी काटने हजामत बनाउने कामलाई परित्याग गरी दिनु भो । भिखारी ठाकुर निरक्षर हुनुहुन्थ्यो तर वहाँ लोक नाटककार, जनकवि, सन्तकवि, गायक एवं नतृकको रुपमा आफ्नो पहिचान बनाइ सकनु भएको थियो । उहाँ यसको अतिरिक्त नाट्य निर्देशकको साथै नाट्य व्यस्थापकको जिम्मेवारी पनि सम्हाल्नु भएको थियो । केही विद्वानहरुको मत यो छ कि भिखारी ठाकुरलाई भोजपुरीबाट अलग गरियो भने भोजपुरी अवस्था खतरामा पर्न सकछ । उहाँलाई राहुल सांकृतायनले मूल्याङ्कन गर्दा उहाँलाई भोजपुरी भाषाको “सेक्सपियर” मात्रै भन्नु भएन उहाँलाई “अनगढ़हीरा” पनि भन्नु भएको थाहा हुन्छ । भनिएको छ रसात्मक वाक्यं काव्य अर्थात जुन वाक्यमा रस हुन्छ त्यै नै काव्य हो । यसलाई उहाँको नाटकहरु हेर्न भनिन्छ दश दश, पंद्रहहजार सम्मको भीड एकत्रित भई रहनेले प्रमाणित गरि दिएको छ । भिखारी ठाकुर आफ्नो आमाबाबुका जेष्ठ सन्तान हुनु हुन्थ्यो र किशोरावस्थामा नै उहाँको विहे मतुरनासँग भयो । रामलीला एवं यात्राहरु हेर्न बढी रुचाउने भिखारी ठाकुरको मनको कलाकार जाग्यो र सर्वप्रथम उहाँले तीस वर्षको आयुमा नै विदेशियाको रचना गर्नु भो जो आजपनि त्यति नै लोकप्रिय रहेको देखिन्छ । त्यसपछि आफ्नो परिवारको विरोधको बाबजूद उहाँले एउटा नृत्य मंडलीको गठन गर्नु भएको भनिन्छ । सन् १९३८ र १९६२ को मध्य उहाँले अनेक रचना गर्नु भएको चाल पाईन्छ । उहाँले रचना गर्नु भएको नाटक रुहमा विदेशिया, पियवानसइल, गंगास्नान, बेटी वेचबा, भाई विरोध, पुत्रबध विधवा विलाप, राधेश्याम बहार, ननद भौजाइ आदि मुख्य हुन । उहाँ सादा जीवन र उच्च विचारका मान्छे हुनुहन्थ्यो ।
भोजन पश्चात उहाँ मिठाइ अवश्य खानु हुन्थ्यो । तर मिठाइ नपाए सक्करले काम चलाई हाल्नु हुन्थ्यो । उहाँ नाट्य प्रदर्शन गर्दा एकरातको भा.रु.५००– ६०० सम्म मात्र लिनु हुन्थ्यो । भिखारी ठाकुर नौ वर्षको उमेर देखि पठन–पाठन सिख्न प्रारम्भ गर्नु भएको थियो तर उहाँलाई पढन मन नलाग्ने भएको कारण धेरै पढन सकनु भएन र उहाँ कैयी लिपीमा लेख्नुहुन्थ्यो । उहाँ नृत्य मंडलीहरुमा गएर प्रारम्भ देखि साना– तिना भूमिका गर्न थाल्नु भएको थियो । विदेशिया नाटक भिखारी ठाकुरलाई विश्वप्रसिद्ध रंगकर्मी बनाइ दियो । भिखारी ठाकुर स्वयं कलाकार हुनुहुन्थ्यो र उहाँ सदा प्रतिभा कलाकारको तलाशमा रहनु भएको थियो । उहाँ कलाको आदरको दृष्टिले हेर्नु हुन्थ्यो । उनको जस्तो प्रसिद्धि प्रायः कुनै अन्य भोजपुरी कलाकारलाई भएको पाइदैन । उहाँ भोजपुरीको मात्रै न भै अन्य भाषाका कलाकारहरुको लागि प्रेरणाको पात्र बन्नु भएको कुरा प्रमाणित छ । यति उपलव्धि हुँदा हुँदै पनि उनमा अलिकति पनि धमण्ड थिएन । भनिन्छ एक पटक छपरा स्टेशनमा भिखारी ठाकुर पुगेपछि उहाँको दर्शन गर्न हजारौं मानिसहरु एकत्रित भैहाले । त्यहाँका स्टेशन मास्टरले उहाँलाई सोध्यो “ठाकुरजी तपाईको दर्शन गर्न फस्र्ट र सेकण्ड क्लासका मानिसहरु त कम तर थर्ड क्लासका सबै पेसेन्जरहरु ट्रेनबाट ओर्लेर आइ हाले किन” भिखारी ठाकुरको जवाफ थियो यसको पनि कारण छ म पनि त थर्ड क्लास कै मानिस हुँ न । १० जुलाई सन १९७१ मा ८४ वर्षको अवस्थामा भिखारी ठाकुरको निधन भयो । तर आज पनि सम्पूर्ण भोजपुरी क्षेत्रमा उनका नाम श्रद्धाले लिइन्छ । यस्तो सूर्यको उदय कहिले काहि मात्र हुन्छ ।