राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अगामि प्रदेश र संघको निर्वाचन आफनै चुनाव चिन्हमा लडने बताएका छन ।
प्रदेश व्यापीरुपमा पार्टीले सञ्चालन गरिरहेको जनता माझमा राप्रपा नेपाल अभियानको क्रममा मधेशको राजधानी जनकपुरधाम आएका अध्यक्ष थापाले मंगलबार पत्रकार सम्मेलनमार्फत आफनो पार्टी गाई चुनाव चिन्हका लागि सर्वोच्च सम्म जाने बताएका छन ।
त्यस्तै, थापाले चुनावमा तालमेल गर्ने विषयमा आफुहरु जुनसुकै विकल्पमा खुल्ला रहेको र एजेन्डा मिल्ने कोहि संग पनि तालमेल हुन सक्ने बताएका छन् । उनले विगतमा पनि नेकपा एमालेसंग तालमेल भएकोले यसपाली पनि तालमेल हुनसक्ने सम्भावना बढी रहेको बताउनुभयो ।
थापाले जन्मसिद्व नागरिकका सन्तानले निर्वाध रुपमा नागरिकता पाउनु पर्ने, तराइ मधेशको लाइफ लाइन हुलाकी सडकको वाँकी काम यथासिघ्र हुनुपर्ने, जनकपुरधामको श्री जानकी मन्दिरलाई बिश्व सम्पदा सुचिमा सुचिकृत गर्नुपर्ने सहितका जनकपुरधामको पार्टीको भेलाले गरेको ८ बुँदे मांग र घोषणा पत्र समेत सार्वजानिक गरेका हुन ।