२०७९ जेष्ठ २५, बुधबार ०७:१६

जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा धनुषा जिल्लाको समीक्षा बैठकमा नेताहरुले कुटाकुट गरेका छन् ।

जनकपुरधामसित जोडिएकै होटेल बाबाको ढावामा मंगलवार भएको समीक्षा बैठकमा संगठनको अवस्था बलियो रहे पनि चुनावमा भएको नराम्ररी पराजयको विषयमा नेताहरुले खुल्ला रुपमा आरोप लगाउन थालेपछि कुटाकुट भएको थियो । बैठकमा सहभागी एक जना सदस्यका अनुसार जसपा सबैला नगरपालिकाका अध्यक्ष बैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादव लगायतका समूहले अन्तरघात गरेको आरोप लगाएर सिटमा बसे लगतै यादव समर्थकहरुले कुटपिट गरेका थिए । बैठकमा अचानक कुटपिट गर्न थालेपछि आक्रोशित बनेका सहभागीहरुले यादव पक्षधरहरुलाई रामधुलाई दिएका थिए ।बैठकमा कुटाकुट हुन थालेपछि मापदण्डमा नपर्नेहरुलाई बैठक हल बाहिर निकालिएको थियो ।

जिल्लाका नगर र गाउँपालिकाका पदाधिकारीहरु र सिकिन्दर सिंह यादव, अवधकिसोर रविदास र जितेन्द्र मुखिया लगायतले रायमाथि आक्रमण गरेका थिए ।पछि सहभागीहरुले यादव, रविदास र मुखियालाई कुटपिट गरेर बाहिर निकालेका थिए । उनीहरुलाई पार्टीको नगर समितिबाट निष्काशन गरिसकिएको बताउँदै रायले भने, पार्टी अनुशासन र मर्यादाको सबै सीमा पार गरिएको छ । स्थानीय तहको चुनावमा पार्टी भित्रको असन्तुष्टिबाट भएको घातले परिणाम प्रतिकूल भएको जनाउँदै अध्यक्ष यादवले केन्द्रीय सदस्यहरुसितको छलफलमा भने, पार्टीमा देखिएको असन्तुष्टि र विवादलाई न्यून गर्न केन्द्रीय सदस्यहरुले सकारात्मक भुमिका निर्वाह गर्नुपर्छ । पार्टीलाई कमजोर बनाउन विभिन्न शक्तिहरुको चलखेल बढेको औल्याउँदै अध्यक्ष यादवले केन्द्रीय सदस्यहरुलाई सतर्क भएर संगठन विस्तारमा लाग्न आग्रह गरे ।‘पद लिन खोज्ने तर जिम्मेवारी निर्वाह नगर्ने प्रवृतिलाई निरुत्साहित गर्नुपर्छ’ अध्यक्ष यादवको भनाई उद्घृत गर्दै एकजना सदस्यले भने, म पनि यो पदमा सँधै रहिरहने होइन् । अगामी चुनावमा मधेशको मतलाई अन्यत्र जान नदिन लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)लाई समेत विश्वासमा लिएर अगाडि बढने वातावरण बनाउन उनले आग्रह गरे ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=D0l7A2nTN7s

Comment


Related News

Latest News

Trending News