२०७९ जेष्ठ २५, बुधबार ०७:४१

मलंगबा । गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादवले आफ्नो दोस्रो कार्यकालको सुरुवात शिक्षा क्षेत्रमा लगानीबाट गरेका छन् ।

यसअघिको चुनाव जितेर जनताको चाहना अनुसारनै विकास तथा सुधारका कामहरु गरेका मेयर यादवले जनताको मत पाएर पुनः दोस्रो पटक निर्वाचित भएपछि विकास तथा सुधारका कामहरुलाई निरन्तरता दिँंदै दोस्रो कार्यकालको सुरुवात शिक्षाको क्षेत्रमा लगानी गर्दै जयपुरमा विद्यालय भवनको शिलान्यास गरेका छन् । ३६ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको जयपुर स्थित उक्त विद्यालय भवनको शिलान्यास मेयर यादवले विधिवत रुपमा गरेका गोडैता नगरकार्यपालिकाले जनाएको छ । भवनको शिलान्यास गर्दै मेयर यादवले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Comment


Related News

Latest News

Trending News