अपडेट 
२०७९ जेष्ठ २५, बुधबार ०७:४४

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोद गु्प्ताले बर्तमान परिवेशमा स्वास्थ्य सर्वाधिक महत्वको बिषय रहेको बताएका छन् ।

वीरगञ्जको आदर्शनगरमा सञ्चालन गरिएको फिटलाईन फैक्ट्री नामक फिटनेश सेन्टरको उद्घाटन गर्दै उनले सो कुरा बताएका छन् । उनले यस फिटनेश सेन्टरले शारीरिक र मानसिक रुपमा स्वास्थ्य र तन्दुरुस्त बनाउन सहयोग पुग्ने बताउँदै जिम सेन्टरका सेवा स्तरीय गुणस्तरीय हुनु पर्ने बताए । वीरगञ्जमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको फिटलाईन फैक्ट्री नामक फिटनेश सेन्टर मंगलबारबाट संचालनमा आएको छ । वीरगञ्जको आदर्शनगरमा नवनिर्मित आरबि कम्प्लेक्समा करिब ६५ लाखको लागतमा जिम सेन्टर खोलिएको सञ्चालक दिपक रुंगटाले बताए । फिटनेश सेन्टरमा योगा, डान्सिङ्ग, जिम, म्युजिक लगायत विभिन्न प्रविधिद्वारा शरीर तन्दुरुस्त तथा स्वस्थ्य राख्न ब्यायाम गराईने सञ्चालक रुंगटाले बताए । बिहान ६ बजे देखि ८ बजे सम्म र सन्ध्याकालिन कक्षा गरी दैनिक दुई पटक सर्वसाधारणहरुलाई योग, ब्यायाम तालिम प्राप्त प्रशिक्षकद्वारा सिकाईने रुंगटाले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News