२०७९ जेष्ठ २५, बुधबार ११:०५

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले वर्षाको समयमा सडक खन्न रोक लगाएको छ ।

सडक विभागले बुधबार सार्वजनिक सूचना निकालेर आगामी तीन महिना सडक खन्न स्वीकृति नदिने बताएको हो ।

बर्खामा धारा, ढल, बिजुली, टेलिफोनलगायत विभिन्न प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गर्न नसकिने भएकोले भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको हो।

बर्खायाममा विभिन्न प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा सडक ल्याउन नसकिने र सडक थप बिग्रँदै जाने भएकोले असार १ गतेदेखि भदौ मसान्तभित्र सडक डिभिजन मातहत कुनै पनि सडक खन्ने स्वीकृत नदिइने प्रष्ट पारेको छ।

कसैले जबर्जस्ती सडक खनेको पाइए सडक ऐन २०३१ अनुसार कारबाही गरिने जानकारी पनि विभागले गराएको छ ।

Comment

Related News

Latest News

Trending News