जनकपुरधाम, जेठ २५ । मधेश सरकारले अगामी आ।व।२०७९/०८०को लागि प्रदेश सभामा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभाले सर्व सम्मत पारित गरेको छ ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले जेठ २२ गते प्रदेश सभामा प्रस्तुत गर्नु भएको मधेश सरकारको अगामी वार्षिक नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरुले राख्नु भएको प्रश्नको जवाव मुख्यमन्त्री लालबाबु राउतले दिनु भए पछि नीति तथा कार्यक्रम सर्व सम्मतले पारित भएको हो । सर्वसम्मत पारित हुनु अघि नीति तथा कार्यक्रम माथि विभिन्न प्रदेश सभा सदस्यहरुले राख्नु भएको संशोधन प्रस्ताव संशोधन कर्ता प्रदेश सभा सदस्यहरुले फिर्ता लिनु भएको थियो ।
मधेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, तथा समाजिक रुपान्तरणका विषयहरुलाई प्राथमिकतामा राखेको छ ।