२०७९ जेष्ठ २६, बिहीबार ०७:५५

रौतहटको गौरमा रहेका दुइ सरकारी कार्यालयको जग्गा लिलामी प्रक्रियामा चढेका छन् । गौर नगरपालिका वडा नम्बर–१ मा रहेका जिल्ला समन्वय समितिको कार्यालय र पूर्वाधार विकास को कार्यालयको भवन रहेको जग्गा डाक लिलामी प्रक्रियामा गएको छ ।

रौतहट जिल्ला अदालत गौरमा चलिरहेको विगो नम्बर ९५० को लेनदेन विगो मुद्दामा उक्त कार्यालय रहेको भवनको जग्गा डाक लिलामी प्रक्रियामा रहेको छ । जिल्ला सर्लाही छोटौल गाविस वडा नम्बर ९ हाल धनकौल गाउपालिका वडा नम्बर २ बस्ने कृष्ण भगत राय यादवको छोरा राम आधार राय यादव बादी र जिल्ला रौतहट गा वि स बडहर्वा–८ घर भै हाल वीरगंज महानगरपालिका–११ बस्ने गुन्जेश्वरी प्रसाद सिंहको बुहारी स्वर्गीय सुनिल कुमार सिंहको श्रीमती पुनम कुमारी सिंह प्रतिवादी भएको लेनदेन विगो मुद्दामा जिल्ला अदालतले विगो असुल उपर गर्ने प्रयोजनको लागि डाक लिलामी प्रक्रिया बढाएको छ । जिल्ला अदालत रौतहटले गरेको पत्राचारमा गा वि स गौर वडा नम्बर–७ किता नम्बर ५४२ को ४ कट्ठा १८ धुर जग्गा जायजात गरी डाक लिलामी गरी बादी लागि विगो भरि भराउ गर्नु पर्नेमा सो जग्गाको सम्वन्धमा कार्यालयको धारणा खुलाएर पठाई दिन जिल्ला समन्वय समिति कार्यालयलाई जानकारी गराइएको छ । गुन्जेश्वरी प्रसाद सिंहको नाउँमा दर्ता रहेको सो किता जग्गाको विषयमा जिल्ला अदालतले पूर्वाधार विकास कार्यालय रौतहटलाई २०७८ साल मंसिर १६ गतेमा पत्राचार गर्दा तत्कालीन जिल्ला विकास समितिको प्राविधिक कार्य गर्नका लागि जिल्ला प्राविधिक कार्यालय लागि जिल्ला विकास समितिले टेन्डर प्रक्रिया मार्फत भवन निर्माण भै उक्त भवनमा हाल पूर्वाधार विकास कार्यालय सचालन हुदै आएकोमा त्यस विषयमा जिल्ला समन्वय समितिलाइ जग्गाको विषयमा जानकारी हुने भने पूर्वाधार विकास कार्यालय जिल्ला अदालतमा जवाव पठाए पछि अदालतले समन्वय समितिसंग अधिकारिक धारणा माग गरेको छ ।

जिल्ला समन्वय समितिको धारणा पेश भए पछि अदालतले कानूनी प्रक्रिया अगाडि बढाउने अवस्था रहेको छ । बर्षौ देखि सरकारी कार्यालय संचालन रहेको जग्गा कसरी लिलामी प्रक्रियामा गएको हो भन्ने आश्चर्य चकित बनाएको छ । जग्गा रहेको जग्गाधनि र उहाको छोराको मृत्यु समेत भै सकेको अवस्था रहेको छ । करोडौको पूर्वाधार तथा जाग्गा भएको सो जग्गा लिलामी भएपछि दुवै कार्यालय गौरबाट विस्थापित हुने अवस्था सृजना भएको छ ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=D0l7A2nTN7s

Comment


Related News

Latest News

Trending News