२०७९ जेष्ठ २६, बिहीबार ०८:०४

महोत्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताको सेवामा केन्द्रित हुन आफ्ना दलबाट निर्वाचित स्थानीय तहका प्रतिनिधिलाई निर्देशन दिएका छन् ।

महोत्तरीको जलेश्वरमा यसपालि सम्पन्न स्थानीय तहमा आफ्नो दलबाट निर्वाचित जनप्रतिनिधिलाई बुधबार बधाई र शुभकामना व्यक्त गर्दै अध्यक्ष यादवले जनप्रतिनिधिको कार्यकाल जनताको सेवामा समर्पित हुन निर्देशन दिए । तपाईंहरूलाई जनताले मनभरिको विश्वास दिएका छन्, इमान र निष्ठाले जनताको विश्वास मर्न नदिनोस्,‘ अध्यक्ष यादवले भने, चुनाव जितेपछि शासक बन्ने रोग छ, त्यहाँ सचेत हुनुहोस् ।’ जनअपेक्षा पूरा गर्न तपाईं के गर्दै हुनुहुन्छ, जनताले सूक्ष्म निगरानी गरिरहेका हुने अध्यक्ष यादवको भनाइ थियो । अध्यक्ष यादवले नवनिर्वाचित जनप्रतिनिधि (नगरपालिकाका प्रमुख÷उपप्रमुख, गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष र वडाअध्यक्ष) लाई अबिर टीका र माला लगाइदिँदै सम्मान गरे । मधेशमा जसपाको विभाजनले चुनावी परिणाममा असर परेको बताउदै यादवले विगतमा भएका कमीकमजोरीको समीक्षा गर्दै अघि बढ्न आवश्यक भएको बताए । महोत्तरीका १५ स्थानीय तहमध्ये जसपाबाट जिल्ला सदरमुकाम जलेश्वर र गौशाला नगरपालिकामा प्रमुख÷उपप्रमुख एवम् सम्सी, एकडारा र पिपरा गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्ष र महोत्तरी गाउँपालिकामा उपाध्यक्ष निर्वाचित भएका छन् । त्यसैगरी जिल्लाका १ सय ३८ वडामध्ये ३० वडामा जित हासिल गरेका छन् ।



Comment


Related News

Latest News

Trending News