२०७९ जेष्ठ २६, बिहीबार ०८:०८

जनकपुरधाम । धनुषा र सिरहा जिल्लाको सीमा क्षेत्रमा पर्ने कमला खोलाबाट नदीजन्य पदार्थको दोहन रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले शुक्रबार नदीको प्राकृतिक बहाबलाई असर पर्नेगरी नदीजन्य पदार्थहरु ढुंगा, गिट्टी, बालुवा निकाल्ने कार्य नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (ख) बमोजिम विपक्षीहरुको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । त्यस्तै उतm विषयमा के कसो भएको हो? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु् नपर्ने हो? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुत प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटो म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । सिन्धुलीको सिन्धुलीगढीमा उद्गम स्थल भएर सिन्धुली, उदयपुर, सिराहा र धनुषा भएर भारततर्फ बहने कमला नदीको पटक–पटक योजनजनाबद्ध दोहन भएको भन्दै काठमाण्डु स्कु्ल अफ लमा अध्ययनरत प्रतीक नेपालले जेठ १७ गते रिट दायर गरेका थिए । रिटमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेश, प्रहरी प्रधान कार्यालय, प्रदेश प्रहरी कार्यालय र सिन्धुली, धनुषा र सिरहाका स्थानीय तह र जिल्ला समन्वय समितिलाई विपक्षी बनाइएको छ ।



Comment


Related News

Latest News

Trending News