अपडेट 
२०७९ जेष्ठ २६, बिहीबार १६:५५

राष्ट्रियसभाको बैठकले ‘शपथसम्बन्धी विधेयक, २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बिहीबार बसेको राष्ट्रियसभाको दोश्रो बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई स्वीकृत गरेको हो । त्यसअघि उक्त बिद्ययकमाथिको छलफलका उठेका प्रश्नको जवाफ दिदै मन्त्री शर्माले आफ्नो इच्छाअनुसार सपथ लिने व्यवस्था बिधेयकमा गरिएको बताउनुभयो । उहाले यसमा आवश्यक परे थप संशोधन गर्न सकिने बताउनुभयो ।

त्यस्तै बिहीबार नै बसेको बैठकको पहिलो बैठकको बिशेष समयमा राष्ट्रियसभा सदस्य कमला पन्तले मलको अभावले किसानलाई समस्या परेकाले त्यसको सहज आपूर्ति गर्नुपर्ने बताउनुभयो । कृषि क्षेत्रको विकासका लागि किसानलाई राहत दिनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले विसं २०७५ भदौको सर्वोच्चको फैसला कार्यान्वयन गरेर विदेशमा बस्ने नेपालीलाई मतदानको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उनीहरुले पठाएको विप्रेषणबाट मुलुकको अर्थ व्यवस्था सञ्चालन भइरहेको बताउनुभयो ।

राष्ट्रियसभाको बैठक आगामी असार १ गते बुधबार १ बजे बोलाइएको छ ।

Comment


Related News

Latest News

Trending News