२०७९ जेष्ठ २७, शुक्रबार ०७:०७

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि कार्यकक्षमै हमला भएको छ ।

जनता समाजवादी पार्टी( जसपा)का मधेश प्रदेश अध्यक्ष समेत रहेका प्रदेश सभासद रामबाबु यादवले मन्त्री यादवमाथि हमला गरेका हुन् । सिंहदरवारस्थित मन्त्रालयको कार्यकक्षमा रहेका मन्त्री श्रेष्ठमाथि बिहीवार खनिएका यादवले पानीको बोतल टेबुलमा बजारेका थिए । गत आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा मधेश प्रदेशबाट गएका योजनाहरुलाई मन्त्री श्रेष्ठले समावेश नगरेको आरोप लगाउँदै सभासद यादव आक्रोशित बनेका थिए । श्रेष्ठ मन्त्री रहेको संघीय मामिलाले सिंचाई, क्षेत्रीय पौष्टिक आहार कार्यक्रम, सवारी साधन गुड्ने पुल, झोलुंगे पुल, वडा जोड्ने सडक लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ । प्रदेश १ मा संघीय मामिला मन्त्रालयबाट १ हजार २ सय सिंचाईको योजना लागु भएको उल्लेख गर्दै सभासद यादवले भने, सर्वाधिक अन्न उत्पादन हुने मधेश प्रदेशमा मन्त्रालयले कुनै पनि योजना नराखेको आरोप लगाए । कार्यकक्षमा पुगेका सांसद यादव मधेश प्रदेशमा बजेट नहालेको आरोप लगाउँदै मन्त्री श्रेष्ठमाथि खनिएका थिए । सभासद यादवको आक्रोश बढेपछि मन्त्रीका पीएसओले बचाउ गरेका थिए । ‘मधेश प्रदेशसित विभेद गरेकाले समानुपातिक ढंगले योजना राख्न आग्रह गर्दा मन्त्री श्रेष्ठले गंभीरतापूर्वक लिएनन्’ सभासद यादवले भने, चर्काचर्कीको क्रममा टेबुलमा पानीको बोतल बजारिएको मात्र हो । ‘चार दिन भित्र मधेश प्रदेशको योजनाहरुलाई समेत समावेश गर्न अल्टिमेटम दिएको छु’ उनले भने, मधेशका योजनाहरु समावेश नगरिए मन्त्री विरुद्ध पार्टीमा संघर्ष चलाउने छु । मन्त्री श्रेष्ठका स्वकीय सचिव सुरज महर्जनले पनि मन्त्रीमाथि हातपात नभएको बताए । ‘ दुई जनाबीच चर्काचर्की मात्र भएको हो’ उनले भने, ‘ चर्काचर्की मात्र भएको हो, हात हालाहाल भएको गलत हल्ला फिँजाईएको छ ।’ मन्त्रालयबाट कर्मचारीको सरुवा गराउने, योजना मिलाउने काममा खप्पिस रहेका निलम्बित संघीय सांसद हरिनारायण रौनियार पनि सभासद यादवसँगै मन्त्रालय गएका थिए ।घटना हुँदा रौनियार पनि मौजुद थिए ।

कुख्यात पप्पु कन्सट्रक्सन कम्पनीका सञ्चालकसमेत रहेका रौनियारले कर्मचारी सरुवा लगायतका कामहरु मन्त्री श्रेष्ठबाट लिने गरे पनि पछिल्लो समयमा उनलाई मन्त्रीले टेर्न छाडेको बताइन्छ । सरकारमा जसपाबाट नेतृत्व गरिरहेका श्रेष्ठ पार्टीको वरियतामासमेत चौथो स्थानमा रहेका छन् ।जनाधार नभए पनि जनजातिको कोटाबाट मन्त्री श्रेष्ठलाई पार्टीमासमेत उच्च पद दिदै आएको छ । जसपाका कतिपय नेताले सभासद यादवलाई रौनियारले ‘प्रयोग’ गरेको टिप्पणी गरेका छन् ।तर जसपाले यस सम्बन्धमा कुनै प्रतिक्रिया जनाएको छैन् ।मन्त्री श्रेष्ठले पनि औपचारिक प्रतिक्रिया व्यक्त गरेका छैनन् । तर दुबै पक्षले कार्यकक्षमा चर्काचर्की मात्र भएको स्वीकारेका छन् ।हात हालाहाल नभएको दुवै पक्षले दावी गरेका छन् । घटनास्थलमा रहेका निलम्बित सांसद रौनियार स्वस्थ्य ढंगले चर्काचर्की बहस भएको बताए् ।‘जनताको माझ नजाने र समानुपातिक कोटाबाट मन्त्री बन्नेले बढी भ्रष्टाचार गरिरहेको सभासद यादवले आरोप लगाउँदा मन्त्री पनि कड्किएका थिए’ रौनियारले भने, कार्यकक्षमा चर्काचकी हुँदा मन्त्रीका पीएसओले प्रहरी बुलाउँदा कुटाकुट भएको हल्ला फिँजिएको हो । जनाधार शून्य भए पनि पार्टी र सरकारमा माथिल्लो तहमा रहेका मन्त्री श्रेष्ठले कार्यक्रम बनाउँदा कर्मचारीहरुले बदमासी गरेको स्वीकारेको रौनियारको कथन छ ।सभासद यादवले उठाएका विषयमा आफ्नो पनि पूर्ण समर्थन रहेको उनले जनाए । मधेशको मतबाट समानुपातिक कोटामा सांसद बनेर मन्त्री भएका श्रेष्ठले लाज पचाएर नै मधेशमा बजेट नदिएको सभासद यादवले आरोप लगाएको रौनियाले बताए ।

Comment


Related News

Latest News

Trending News