अपडेट 
२०७९ जेष्ठ २७, शुक्रबार ०७:१३

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको अन्तिम तयारीमा जुटेको छ । असार १ गतेमा आगामी आर्थिक वर्षका लागि वजेट ल्याउनुपर्ने व्यवस्था अनुरुप सरकारका लागि आर्थिक मन्त्रालयसहितका अन्य मन्त्रालयलहरु तयारी गरिरहेका छन् ।

अर्थमन्त्रालय श्रोतका अनुसार चालु आर्थिक वर्ष भन्दा आगामी आर्थिक वर्षको वजेटको आकारमा वृद्धि हुने सम्भावना रहेको छ । संघीय सरकारबाट आर्थिक वर्षको लागि सामान्यकरण अनुदान वापत ७ अर्व ८१ करोड ५८ लाख, राजस्व बाडफाँड करिव साढे ७ अर्व , सशर्त अनुदानको १० अर्व ६ करोड ५१ लाख, विशेष अनुदान २ अर्व ५६ करोड र समपुरक वजेट ७८ करोड गरी २८ अर्व ७२ करोड रकम मधेश प्रदेश सरकारलाई प्राप्त हुनेछ । त्यसवाहेक प्रदेशको आन्तरिक अनुमानित आम्दानी साढे ३ अर्व, चालु आर्थिक वर्षको वजेटमा खर्च हुनसक्ने अनुमानित रकम ९ अर्व र आन्तरिक ऋण १ अर्व समावेश गरी सरकारले वजेट ल्याउने तयारी गरिरहेको अर्थ मन्त्रालका सूचना अधिकारी मिथिलेश कुमार महतोले जानकारी दिए । यसरी आगामी आर्थिक वर्षमा चालु आर्थिक वर्षभन्दा बढी आकारको वजेट आउने अनुमान गरिएको छ । चालु आर्थिक वर्षको वजेट ३४ अर्व रहेको छ । आगामी आर्थिक वर्षको वजेटको आकार चालु आर्थिक वर्षको खर्चमा भरपर्ने उल्लेख गर्दै अर्थमन्त्रालयका एक कर्मचारीले भने,‘ चालु आर्थिक वर्षमा करिव ७० प्रतिशत वजेट खर्च हुने अनुमान छ । त्यो भन्दा कम खर्च भएको खण्डमा वजेटको आकार अझै बढ्न सक्छ । वा बढी खर्च भएकोमा घटन सक्छ । तर वजेट खर्च ७० प्रतिशतभन्दा बढ्ने सम्भावना न्यून छ ।’ कारण अहिले मध्य जेठसम्म मात्र ३१ प्रतिशत वजेट खर्च हुन सकेको छ ।

प्रदेशको जनसंख्याको ७० प्रतिशत, भूगोल १५ प्रतिशत र १५ प्रतिशत गरिवीलाई आधार मानेर संघीय सरकारले अनुदान दिने गरेको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारको आम्दानीमा जग्गा दर्ता, विज्ञापन कर, मनोरञ्जन कर, सवारी कर लगायतबाट आउने राजस्वलाई देखाएको छ ।

Comment


Related News

Latest News

Trending News