अपडेट 
२०७९ जेष्ठ २७, शुक्रबार ०७:४७

सिम्रौनगढ नगरपालिकामा लोसपा र नेकपा एसको गठबन्धनलाई पराजित गर्दै नेपाली कांग्रेस पुरै प्यानलसहित कार्यपालिकामा जित हासिल गरेका छन् ।

नेकपा एस र लोसपा गठबन्धन गरेर कार्यपालिकामा चुनाव लडे पनि गठबन्धनलाई पराजित गर्दे कांग्रेसले पुरै प्यानल जित हात पारेको छ । नेपाली कांग्रेसको महिला सदस्यहरुमा कान्तिदेवी कोइरि न,जसपतियादेवी यादव, मिनाकुमारी सन्यासी, सकुन्ताला देवी र सुनितादेवी तत्मा निर्वाचित भएका छन् । त्यस्तै अल्पसंख्यकमा उपेन्द्र प्रसाद जयसवाल, आशीर्वाद ठाकुर र जवाहर साह कानु निर्वाचित भएको सिम्रौनगढ नगरपालिकाका प्रमुख निर्वाचन अधिकृत मनोज प्रसाद गुप्ताले जानकारी दिएका छन् । कुल ५७ जनामा नेपाली कांग्रेसको ३६ जना, लोसपाको मेयर , उपमेयर गरी १६ जना र नेकपा एसका ५ जना निर्वाचित भएका छन् । नेपाली कांग्रेसको पुरै प्यानल जिते संगै कार्यपालिकामा बहुमत प्राप्त गरेको छ । लोसपा कार्यपालिकामा अल्पमतमा परेको छ । २१ जनाको कार्यपालिका वोर्डमा भने नेपाली कांग्रेस १६, लोसपा ४ र नेकपा एसका १ जना रहेका छन् ।

Comment


Related News

Latest News

Trending News