२०७९ जेष्ठ २७, शुक्रबार १५:३१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरब्याजीलाई कारबाही गर्न निर्देशन दिएका छन् । सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउगरी कारबाही गर्न निर्देशन दिएको हो।

सर्वसाधारणसँग चर्को ब्याज लिई तेलीले दुःख दिने गरेको पाएपछि प्रधानमन्त्रीले कारबाही गर्न निर्देशन दिएका हुन्।प्रधानमन्त्री देउवाले मिटरब्याजी तेलीलाई तत्काल पक्राउगरी अनुसन्धान अघि बढाउन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका हुन्।

तेलीले चर्को ब्याज लिएर सर्वसाधरणको उठिवास लगाउने गरेको गुनासो सर्वसाधारणको विषय मिडियामा आएपछि देउवाले यस्तो निर्देशन दिएको हो ।

सोही विषयमा संसदमा सांसदहरुले कारबाही गर्न माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News