अपडेट 
२०७९ जेष्ठ २८, शनिबार ०७:४४

स्थानीय तहको निर्वाचनको परिणाम घोषणा भएको दुई साता भन्दा बढि भयो । नव निर्वाचित जनप्रतिनिधिहरु सपथ लिई सके । कूर्सीमा विराजमान भएको पनि दुई साता बिति सक्यो । प्रायःसबैले कूर्सी फेरे । तौलिया फेरे । रजिष्टर फेरे । नयाँ रजिष्टरमा नयाँ स्लोगन लेखे । चुनाव अघि नाना प्रकारका घोषणा गरेकै थिए । यसमा अरुपनि थपे । तलव भत्ता सुरु भई सक्यो । सुविधा लिन थालियो । अब बाँकी केही छ भन्ने प्रतिवद्धता अनुसारको कार्यनिती र यसको कार्यान्वयन । तर दुर्भाग्य नव निर्वाचित जनप्रतिनिधिहरु यस मामिलामा उदासिन देखिएका छन् । पहिलो गाँसमै ढुंगा परेजस्तो भएको छ ।

पुरानो परम्परालाई निरन्तरता दिदै प्राय ः सबै जनप्रतिनिधिहरु माला थाप्न व्यस्त छन् । शुभकामना लिन–दिन तथा भाषण छांट्न थालेका छन् । जुन मतदाताको मतबाट कूर्सीमा आसिन हुनु भएको छ , असलमा तिनीहरुप्रति आभार व्यक्त गर्नुपर्ने हो तर जनप्रतिनिधिहरु सर्वसाधारण मतदाताको घर दैलोमा पुगेको देखिएन । कथित कहबैयाहरुको घर दैलो चहार्न थालेका छन् । उनिहरुले लगाई दिएका ठुल ठुला माला माला थाप्दै अंगालो हालेर फोटो खिचाउन थालेका छन् । रेडियो,टेलिभिजन,पत्र पत्रिका र फेसबूकमा फोटो छपाएर प्रशन्नताको इजहार गर्न थालेका छन् । महोदय, होस गर्नोस् । अलि पछि फर्केर हेर्नोस् , तपाईलाई ठुल ठुला माला लगाई दिएका त्यही कहबैकाहरुको फोटो यस अघिका मेयर साहेबसंग पनि देख्न सक्नु हुन्छ । उनिहरु सदावहार जंगल जस्तै हुन । जसमा पतझड हुदैन । बाह्रै महिना फल फूल , पात र पलिगर पलाई रहन्छ । फेरी यी कहबैकाहरु तपाईलाई भोंट दिएका छन भनेर बुझ्नु भएको छ भन्ने यो भ्रम निवारण गर्नोस । कारण उनि स्वयं उम्मेदवार हुन्छन् । नभए अरुलाई उम्मेदवार बनाएर रजाई गर्छन । अब तपाईलाई यिनीहरुले नै उम्मेदवार बनाएका रैछन भने मलाई भन्नु केही छैन । महोदय , तपाईको नामको जयकारा लगबाउन अझै पाँच वर्ष बाँकी छ ।

राम्रो काम गर्नु भयो भन्ने मतदाता जयकारा लगाई हाल्छ नि । काम गर्नु हुन्न वा छोटे राजा बन्न थाल्नु भयो भने यस अघिका जनप्रतिनिधिहरुको कथा व्यथा देख्नु नै भएको छ । जनकपुरधाम उपमहानगर पालिका मुलुकका जेठा नगरपालिकामध्येका एक हो । यसको स्थापना वि.सं. २०१७ सालमा नगर पञ्चायतको रुपमा भएको थियो । वि.सं.२०७१ सालमा उपमहानगर पालिकाको हैसियत प्राप्त गरेको यस पाकिलाको नामाकरण निर्वतमान मेयर लालकिशोर साहले जनकपुरधामको रुपमा गरेका थिए । यसकालागी उनीप्रति आभार व्यक्त गर्नै पर्ने हुन्छ । २०७८ साल माघ ३ गते प्रदेश सरकारको निर्णय अनुसार जनकपुरधाम मधेस प्रदेशको स्थायी राजधानी घोषणा भएको थिो । २५ वडामा विभाजित यस उपमहानगर पालिकाको क्षेत्रफल ९१ दशमलव ९७ वर्ग कि.मि. छ भन्ने यहा ८४ हजार अधिक मतदाता छन् । बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक यस नगरीको पहिचान भनेको जानकी मन्दिर हो । सीताको जन्मस्थली जनकपुरधामलाई मुलुकको सांस्कृतिक राजधानी पनि भनिन्छ । होपनि वर्षैभरि धार्मिक,सांस्कृतिक तथा लोकपर्वहरुको आयोजन भई रहने यस नगरीको विकासको आधार धार्मिक तथा सांस्कृतिक पर्यटन हुन सक्छ भन्नेमा दुई मत छैन । यहाँका दशैं, दीपावली, छठ, जितिया, विवाह पञ्चमी, राम र जानकी नवमी, फागु, कृष्णाष्टमी, तथा मुसलमानहरुले मनाउने बकर ईद , ईद फितर नेपालका लागी उदाहरणीय पर्व त्यौहारहरु हुन् । यहाँको आर्थिक आधार भनिएको जनकपुर चुरोट कारखाना बन्द भई सकेको छ ।

वर्षोदेखि बन्द जनकपुर रेल्वे नेपाल रेल्वेको रुपमा नाम फेरेपनि केही महिनादेखि संचालनमा आएको छ । एशियन विकास बैंकको सहयोगमा नगर क्षेत्रका सडक र नाला निर्माण र्भइ सकेको छ । अब नव निर्वाचित जनप्रतिनिधीहरुले गर्ने भनेको बाबा पुर्खाले बसालि दिनुभएको पर्व त्यौहारको थितिलाई निरन्तरता दिने हो । सकिन्छ भन्ने यसलाई अझ भव्य र सभ्य बनाउने हो । विदेशी बैंकको सहयोगमा निर्माण भएका सडक,नाला लगायतका संरचनाहरुको सर–सफाई र मर्मत संभार गर्नु हो । नगरमा व्याप्त मच्छर आतंक हटाउनु हो । डुवानको समस्या झेलि रहेका नगरवासीको घाउमा मलम लगाउनु हो । यहाँको शिक्षा,स्वास्थ्य तथा कृषि क्षेत्रका समस्याहरु समयमै समाधान गर्नु हो । र जनकपुरधाम उपमहानगर पालिकाका नवनिर्वाचित मेयर मनोज कुमार साहले निर्वाचन अघि घोषणा गर्नु भएको लैण्डफिल साइडको समस्या समाधान गर्नु हो ।

कार्यकाल थालेको एक महिनापनि नबित्दै यी र यस्ता समास्याहरुको समाधान खोज्नु अलि छिटो हो कि ? जस्तोपनि लागेको छ मलाई । हो, यति सानो अवधिमा लैण्ड फिल साइडको समस्या समाधान मुस्किल छ । तर मेयर साहसंग लैण्डफिल साइडको समस्या समाधान गर्न के र कस्ता योजना छन ? यस विषयमा नगरवासीलाई जानकारी हुनु पर्ने हो । यसका चुनौतीबारे नगरवासीसंग छलफल गर्नैपर्ने हुन्छ । कारण निवर्तमान मेयर साहेवले पनि यस समस्याको समाधान चाहेकै थिए । तर सक्नु भएन । किन सक्नु भएन ? यसको तहसम्म नपुगउ लैण्डफिल साइड जस्तो समस्या समाधान होला जस्तो लाग्दैन । यसका लागी नागरिक समाजको साथ र सहयोग आवश्यक छ । विज्ञमण्डलको सल्लाह आवश्यक छ । मेयर साहेवसंग सानो जिज्ञासा तपाईले गठन गर्ने भनिएको विज्ञ मण्डल कहाँ छ ? लैण्डफिल साइडको लागी कहाँको जग्गा हेर्नु भयो । यसका के कस्ता चुनौती छन ? जनकपुरवासी जान्न चाहन्छन् ।

तपाईले सफाईको जिम्मा सम्बन्धित वार्डकै जनप्रतिनिधिहरुलाई दिएर वाह वाही कमाउनु भयो । तर कुन कुन वार्डमा सफाई यन्त्रसहितको कर्मचारी परिचालन गर्नु भयो ? म त रेल्वे स्टेशन, सीता चौक,किशोरी नगर जस्ताको त्यस्तै देख्छु । चौकहरुमा गाई गोरुको हाली मुहाली देख्छु । रेल्वे स्टेशन नजिकको तरकारी बाजार हिलाम्मै देख्छु । किसोरी नगरवासी वर्षाको मौसममा कुन मित्रको घरमा शरण लिऊँ भन्ने योजना बनाउन थालि सकेका छन् । डुवान समस्या समाधान बारे के गर्दै हुनु हुन्छ ? पहिले योजना बनाउनोस् । सार्वजनिक गर्नोस् । छलफल गर्नोस अनि कार्यान्वयनमा जानोस् । माला थाप्न छाड्नोस् । प्रतिवद्धता पूरा गर्न तिर ध्यान केन्द्रित गर्नोस् । शुभ मंगल हुने छ ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=D0l7A2nTN7s

Comment


Related News

Latest News

Trending News