२०७९ जेष्ठ २९, आईतवार ०७:२०

जनता समाजवादी पार्टी (जसपा)को आगामी निर्वाचनमा मिलेर जाने भने प्रस्तावप्रति लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अनुदार देखिएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले जनकपुरधाममा आयोजित पत्रकार सम्मेलन मार्फत लोसपालाई पार्टी एकीकरण वा निर्वाचनमा सहकार्य गरेर जानुपर्ने प्रस्ताव गरेका थिए । तर, लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायतका नेताहरु उनको प्रस्तावलाई अस्वीकार गरेका छन् । उनीहरु जसपासंग सहकार्य गर्न नसकिने प्रतिक्रियाहरु दिँदै आएका छन् । जसपा विभाजनको संघारमा पुगेका कारण लोसपालाई फेरि प्रयोग गर्नकालागि उनी यस्ता कार्ड खेलेको आरोप समेत उनीहरुले लगाएका छन् । तर, उनीहरुलाई स्थानीय तहको निर्वाचनमा यति ठूलो नोक्सानी भए पनि किन जसपासंग सहकार्य गर्न आलटाल गरी रहेका छन् भने बारेमा लोसपाका एक शीर्ष नेताले भने हामीहरुको जनमत पार्टी र नेकपा एमालेसंग आगामी संसदीय र प्रदेश निर्वाचनमा सहकार्य हुने भएको छ त्यसैले जसपालाई त्यति महत्व नदिएको हो । लोसपा जसपा भन्दा बढी महत्व अहिले जनमत पार्टीलाई दिइ रहेको छ । हुनत स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनमा जसपालाईनै नोक्सान भएको छ ।

जनकपुरधाम उप–महानगर र विराटनगर महानगरमा जसपालाई गठबन्धनकै शीर्ष नेताहरुले धोका दिएका छन् । जसले जसपाको हातवाट जनकपुरधाम र विराटनगर दुवै छुटेको छ । जसपा जनकपुरधाम र विराटनगर जितेको भए अन्य दलको तुलनामा बलियो हुने थियो तर, दुवै स्थानमा पराजयपछि जसपानै विभाजनको संघारमा पुगेको लोसपाका ती नेताले बताए । उनका अनुसार पार्टीका अध्यक्ष उपेन्द्र यादव गठबन्धनबाहिर गएर लोसपासंग गठबन्धन गर्ने तरखरमा रहेका बेला पार्टीका संघीय परिषद् सदस्य डा.बाबुराम भट्टराई मन्त्री हेरफेरको बहानामा पार्टी विभाजन गर्न उद्यत भएका छन् । उनी गठबन्धन बाहिर जाने कुरा गर्ने वितिकै संघीय परिषद् अध्यक्ष डा.भट्टराईले पार्टी विभाजन गर्ने धम्कीले पार्टीका अध्यक्ष यादव आफ्नो सेफ लैण्डिङ्ग खोजि रहेको उनको भनाइ थियो । जसपा विभाजनका लागि मात्रै ६ वटा सांसद चाहिएको छ त्यो डा.भट्टराईसंग छ त्यसैले पार्टी अध्यक्ष यादव डा.भट्टराईलाई साइजमा राख्नकालागि लोसपा कार्ड खेलि रहेको उनको भनाइ छ । तर, लोसपा भने जसपासंग सहकार्य गर्ने मानसिकतामा नरहेको उनको भनाइ छ ।

लोसपा, नेकपा एमाले र जनमत पार्टी आगामी संसदीय र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा भाग लिने सम्भावना देखिएको छ । त्यसको गृहकार्य समेत हुन थालेको र निर्वाचन हुनुभन्दा पहिला त्यो सार्वजनिक गरिने उनको भनाइ थियो । तर, संघीय परिषद् अध्यक्ष डा.भट्टराई पक्षका एक नेताका अनुसार पार्टी विभाजनको कुरा निराधार रहेको बताए । उनले भने पार्टी भित्र सामान्य विवाद छ त्यो विवाद छिट्टै सामाधान हुनेमा आपूm विश्वस्त रहेको छु । जसपा र लोसपाबीच एकीकरण वा निर्वाचन सम्वन्धी सहकार्य जे पनि हुनसक्छ तर, अहिले हुने की नहुने विषयमा स्पष्ट रुपमा भन्न कठिन छ । लोसपाको धारणा अस्पष्ट रहेका कारण जसपासंग जाने कि एमालेसंग जाने बारेमा लोसपाले निर्णय लिनुपर्ने छ, हामी चाहन्छौ कि लोसपा र जसपाबीच सहकार्य होस् । दुवै पार्टीको एउटै धारणा र एउटै एजेण्डा भएका कारण हामी एकीकरण वा सहकार्य जे गर्न पनि तयार रहेको उनी बताउँछन् ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=D0l7A2nTN7s

Comment


Related News

Latest News

Trending News