२०७९ जेष्ठ २९, आईतवार ०८:२१

जनता समाजवादी पार्टी नेपाल पर्साले पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।

जनता समाजवादी पार्टी नेपाल वीरगंज महानगरपालिका वडा ईकाइ कमिटी वडा नम्बर–८ द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस पर्साका चर्चित नेता क्षेत्रीय सदस्य एवं तरुण दलका उपाध्यक्ष रविन्द्र ठाकुर, युवा नेता अशोक सर्राफÞ, मुस्लिम संघका केन्द्रीय सदस्य मुस्तफÞा अंसारीको नेतृत्वमा विभिन्न पार्टी प्रत्याग गरी सैकड़ों युवा बुद्धिजीवी, महिलाहरु जनता समाजवादी पार्टी नेपाल प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सङ्घीय सांसद् प्रदीप यादव, जिल्ला समन्वय समितिका सभापति निरञ्जन साह सोनार, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायतले फुलमाला लगाई पार्टीमा स्वागत गरेका छन् । पार्टी प्रवेश गर्ने अन्य नेतामा युवा नेता अशोक सर्राफ, मुस्लिम संघका केन्द्रीय सदस्य मुस्तफा अन्सारी लगायत रहेको सङ्घीय सांसद् प्रदीप यादवका स्वकीय सचिव निखिल बरनवालले जानकरी दिए ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मनोज राउत कुर्मी, वडा नम्बर ८ का वडा अध्यक्ष रितेश गुप्तालगायतको उपस्थिति रहेको थियो ।

Comment

Related News