अपडेट 
२०७९ जेष्ठ २९, आईतवार ०८:२३

नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि महशुल नबुझाउने ग्राहकहरुको लाईन धमाधम काट्न थालेको छ ।

चालु आर्थिक वर्षको १० महिनामा नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रले महसुल नतिर्ने १२ सय ९९ ग्राहकको लाईन काटिएको हो । तिन महिना भन्दा बढी र दश हजार सम्म महसुल भई नबुझाएका ग्राहकहरुको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले जानकारी दिएका छन् । १२ सय ९९ ग्राहकबाट ६ करोड १५ लाख ८३ हजार ८ सय ३२ रुपैया ५९ पैसा महसुल बाँकी रहेको प्रमुख गामीले जानकारी दिएका छन् । लाईन काटिएपछि ८ सय ८५ ग्राहकले महसुल तिरेका छन् । जस मध्य ३ करोड १८ लाख ७३ हजार ६ सय ५४ रुपैयाँ ४ पैसा महसुल सङ्कलन भइसकेको वितरण केन्द्रका प्रमुख गमीले बताए । गत वर्ष २०७८ वैशाख सम्म १६.२४ प्रतिशत विद्युत लश भएका चन्द्रनिगाहपुर वितरण केन्द्रले यस वर्ष २०७९ वैशाख सम्म १४.१८ प्रतिशत मात्र लश ब्यहोर्नु परेको छ । गत वर्षको तुलनामा यस वर्ष २ प्रतिशत लश कम भएको छ । गत माघ महिनामा विद्युत प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्र स्थापना भएदेखिकै उत्कृष्ट बिल भुक्तानी भएको जानइएको छ । सो महिनामा १९०.८२ प्रतिशत बिल भुक्तानी भएको वितरण केन्द्रका प्रमुख गामीले जानकारी दिए ।

चालु आर्थिक वर्षको वैशाख सम्म जिल्लाका पालिकाहरुले जडान गरेको सडक बत्ती सहित ९४.७३ प्रतिशत र सडक बत्ती बिना ९९.९५ प्रतिशत बिल भुक्तानी भएको गामीले बताए । यता चालु आर्थिक वर्षको १० महिनामा ८ हजार ४ सय ७४ वटा मिटरमा रि–सिलिङ गरिएको छ । विद्युत चुहावट नियन्त्रण गर्ने उद्देश्यका साथ सो मिटरहरुलाई रि–सिलिङ गरिएको हो । यस्तै नयाँ मिटर जडान गर्न ग्राहकले दिएको निवेदवको ३ देखि ५ दिन भित्र मिटर जडान भइरहेको नेपाल विद्युत प्रधिकरण वितरण केन्द्र चन्द्रनिगाहपुरले जनाएका छन् । त्यस्तै विद्युतको तारमा हुकिङ्ग गरी घरमा बिजुली बालिरहेको अवस्थामा ४ जना पक्राउ परेको छ । नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रको चुहावट नियन्त्रण टोलि, ईलाका प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलिले शुक्रबार डाईरेकट हुकिग गरि चोरी गरिरहेको अवस्थामा ४ जनालाई पक्राउ गरिएको नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले जानकारी दिएका छन् । पक्राउ गरेका चारै जनालाई चुवाहट कारबाही गरि रु.४२ हजार् २ सय ३१ रुपैयाँ ६० पैसा क्षतिपूर्ति असुलि गरिएको प्रमुख गामीले बताए ।

Comment


Related News

Latest News

Trending News