२०७९ जेष्ठ २९, आईतवार ०८:२७

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मनोज कुमार साहलाई मारवाडी युवा मञ्च जनकपुरका सदस्यहरुले सम्मान गरेका छन् ।

मेयर साहको कार्यकक्षमा भएको भेटघाटमा मञ्चका प्रतिनिधिहरुले जनकपुरका व्यापारीहरुले भोगीरहेको समस्याबारे जानकारी गराएका छन् । मेयर साह समक्ष मञ्चका पदाधिकारीहरुले नगरभित्र रहेको विभिन्न समस्याको कारण जनकपुरका व्यापार व्यवसायलाई प्रत्यक्ष असर गरिरहेको गुनासो गरेका थिए । मञ्चका अध्यक्ष बिक्रम जैनले मारवाडी समुदायका युवाहरुले मेयर साहलाई नगरभित्र सूलभ शौचालय, सरसफाई, स्वच्छ खानेपानी, पार्किङको उचित व्यवस्था लगायतको अभावले व्यापार व्यवसाय प्रभावित भएको जानकारी दिए । उनीहरुको गुनासो सुनेर मेयर साहले नगरमा देखिएको समस्याहरुको समाधानको समाधान चाँडै हुने आश्वासन दिए । मेयर साहले चालु आर्थिक बर्षमा २५ प्रतिशत कर घटाउने प्रतिबद्धता गरेको छ । साथै उनले पाँच बर्ष भित्रमा रिंग रोड बनाउने जानकारी समेत दिए । सोही अवसरमा मञ्चमा पदाधिकारीहरुले मेयर साहलाई सम्मान गरेका थिए । उक्त अवसरमा चन्द्रशेषर अग्रवाल, मौसम बजार, अमित रुमटा लगायतका उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News