अपडेट 
२०७९ जेष्ठ २९, आईतवार ०८:३१

रोशनी सिंह जनकपुरधामस्थित संकट मोचन माध्यमिक विद्यालयकी छात्रा छिन् । कक्षा ९ पास गरी कक्षा दशमा पुगेकी उनी नियमित कक्षामा उपस्थित हुने गरेकी छन् ।

शिक्षकले पढाएको सबै कुरा नोट गर्छिन् अनि सिक्ने प्रयास पनि गर्छिन् । तर गृहकार्य गर्न पाउँदैनन् । पढाइरहेको बेला पनि अलमलमै पर्ने गरेकी छन् । कारण हो, उनको हातमा किताव छैन् । उनी रित्तै हात विद्यालय जान्छिन् । ‘पढाई शुरु भएको एक महिना विति सक्दा पनि अझै किताव आएको छैन्,’उनले भनिन्–‘किताव नहुँदा पठ्नपाठनमा निकै समस्या भइरहेको छ ।’ सिंह जस्तै समस्या अनु ठाकुरको पनि छ । किताव अभावमा सिकेको कुरालाई व्यवहारमा ल्याउन नसकेको उनी बताउँछिन् । ‘कक्षाकोठामा सरले पढाउँदा हामी सिकेका हुन्छौं,’उनले भनिन्–‘तर किताव नहुँदा हामीले सिकेको ज्ञान अभ्यासमा ल्याउन सकेका छैनौं । सरले सधै गृहकार्य दिनु हुन्छ । त्यो पूरा गर्न सकेका छैनौं ।’ यद्यपि कापी, कमल र केही पुरानो कितावको सहयोगमा सिकाईलाई निरन्तरता दिने गरेको उनी बताउछिन् । सरस्वती उच्च माध्यमिक विद्यालयमा कक्षा आठमा अध्ययनरत्त रोशन यादवले पनि किताव अभावकै गुनासो गरे । किताव नहुँदा पढाइमा उत्साह कम भएको उनी बताउँछन् । उनले कक्षा आठमा कुनै पनि विद्यार्थीले पुस्तक नपाएको बताए । किताव अभावकै कारण विद्यालयमा पढ्न आउने विद्यार्थीको संख्या कम देखिएको उनी बताउँछन् । ‘सरकारले समयमा किताव दिएको छैन् । कसरी पढ्नु ? के पढ्नु

Comment


Related News

Latest News

Trending News