२०७९ जेष्ठ २९, आईतवार ०८:३८

कलैया । राष्ट्रिय जन वकालत मञ्चले बाराको पथलैयामा वन व्यवस्थापनमा मधेशी महिलाको अधिकार र भूमिका सम्बन्धमा अन्तरक्रिया सम्पन्न गरेको छ ।

कार्यक्रममा एकोफन मधेश प्रदेशका अध्यक्ष तथा गढीमाई साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद साहले आमा र छोराछोरीलाई हुर्काए जस्तै आफ् नो वरपर बोटबिरुवा रोपेर हुर्काउँनु पर्नेमा जोड दिए । हरेक स्थानीय तहलाई बोटबिरुवाको संरक्षण र प्रवद्र्धन क्षेत्रमा बजेट छुट्याउन र त्यसको सही कार्यान्वयन गर्नमा दबाब दिनुपर्नेमा उनले बताउदै बिकास ,निर्माणको काम गर्न वन जङ्गल सम्झिने तर वन जङ्गल संरक्षण गर्ने ध्यान नदिनु दुःखद भएको चर्चा गरे । अन्तरक्रियामा जितपुर सिमरा उपमहानगरपालिका ,परवानीपुर गाउँपालिका ,प्रसौनी गाउँपालिका ,फेटा गाउँपालिका र बिश्रामपुर गाउँपालिकाको करिब दुईसय मधेशी महिलाको सहभागिता रहेको थियो । वन क्षेत्र तथा खेतीपातीमा लागेका मधेशी महिलाहरुको वनमाथिको अधिकार सुरक्षित गर्न र त्यसको संरक्षण तथा प्रवद्र्धनमा भूमिका स्थापित गर्न कार्यक्रमको आयोजना गरिएको वन विज्ञ भोला भट्टराईले जानकारी दिए । एकोफन मधेश प्रदेशका सचिव संजिता ठाकुरले अहिले पनि मधेशका महिलाहरु विभिन्न परम्परा ,संस्कृति तथा रहनसहनले गर्दा घरकै कामकाजमा सीमित हुने पुगेको बताए ।

Comment


Related News

Latest News

Trending News