२०७९ जेष्ठ २९, आईतवार ०८:४१

वीरगञ्ज । क्रियाशील युवा पत्रकार मञ्च पर्साको पहिलो साधारण सभाबाट प्रणय कुमार साह पुनःअध्यक्षमा सर्वसम्मतिले चयन भएका छन् ।

साहको अध्यक्षतामा गठित नयाँ कार्यसमीतिको उपाध्यक्षमा आनन्द पटेल, महासचिवमा विरेन्द्र साह, सचिवमा अरबिन्द पटेल, कोषाध्यक्षमा उपेन्द्र बरै पुनःदोहोरिएका छन् ।

सदस्यहरुमा आदित्य शर्मा, प्रिया कुमारी थारु, ओम प्रकाश सराफ, निलम चौधरी, सुनिल ओझा र कन्हैयालाल वर्णवाल रहेका छन् । सभामा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुवोध कुमार गुप्ताले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकहरुद्वारा तालिम एवम् प्रशिक्षणको व्यवस्था गर्ने प्रतिबद्धता जनाए । समाजको विकासका लागि पत्रकारको महत्वपूर्ण भूमिका हुने बताउदै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका डा.गुप्ताले समाज परिवर्तनका लागि कलम चलाउने आग्रह गरे । साथै निजी क्षेत्रले पनि पत्रकार एवम् सञ्चारकर्मीसंगै हातेमालो गरेर समाजलाई विकास गर्ने र नागरिकलाई सचेत बनाउने अभियानमा हातेमालो गर्नुपर्नेमा उनले जोड दिएका थिए । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले पत्रकारिता पेशाको प्रवद्र्धनका लागि युवाहरु सक्रिय हुनुपर्ने बताए । जोश र जाँगरसहितका युवाहरुको पत्रकारिता क्षेत्रमा टड्कारो परिरहेको अवस्थामा युवाहरु नै क्रियाशील भएकोमा उनले सराहना गरे ।

पत्रकारीता क्षेत्रलाई नयाँ दिशा दिनका लागि क्रियाशील मञ्च खरो रुपमा उत्रिने महासचिव बञ्जराको विश्वास छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, नागरिक समाजका अगुवा प्राध्यापक डा.दीपक शाक्य, जिल्ला प्रशासन कार्यलय पर्साका प्रमुख प्रशासकीय अधिकृत विनय श्रीवास्तव, मञ्चका कानूनी सल्लाहकार अधिवक्ता हरिहर प्रसाद साह, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल लगायतले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

Comment


Related News

Latest News

Trending News