२०७९ जेष्ठ २९, आईतवार १५:४५

जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनता पार्टी लोकतान्त्रिकबीच एकीकरण भएको छ ।

रितेश सिंहको नेतृत्वको राजपा लोकतान्त्रिक पार्टी आइतबार जनकपुरधाममा आयोजित एकीकरण कार्यक्रमकाबीच जसपा नेपालमा विलय भएको हो ।

अध्यक्ष उपेन्द्र यादवले मधेश केन्द्रित पार्टीहरू एकजुट भएर एकढिक्का हुनु आवश्यकता रहेको बताए । उनले मधेशको मुद्दा र जनताको चाहना अनुसार एकताको विकल्प नभएको समेत बताए ।

एकीकरण कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लगायत नेता तथा कार्यकर्ता उपस्थित रहेका थिए ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=D0l7A2nTN7s

Comment


Related News

Latest News

Trending News