२०७९ जेष्ठ ३०, सोमबार ०७:१५

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जन्मसिद्ध नागरिकता लिएकाहरूको सन्तानलाई चाँडो नागरिकता कानून संसद्बाट पास गरेर दिनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

जसपाका अध्यक्ष यादवले जसपा लोकतान्त्रिकसंग आइतबार जनकपुरधाममा भएको पार्टी एकीकरण कार्यक्रममा बोल्दै नागरिकता पाउनबाट वञ्चित भएका १० लाख मतदाताहरूले स्थानीय तहको चुनावमा मतदान गर्नबाट वञ्चित भएको बताए । उनले शीघ्र नागरिकता प्रदान गरेर प्रदेश तथा सङ्घीय संसद् अगाडि नै सबैको नाम मतदाता नामावलीमा समावेश हुनुपर्ने माग गरेका थिए । अध्यक्ष यादवले हालै सम्पन्न भएको जनगणनामा मधेशको जनसंख्या ५३ प्रतिशत पुगेकाले अहिलेको निर्वाचन क्षेत्रमा सुधार गरेर जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तोकिनुपर्ने धारणा राखे । उनले अहिले पनि सरकारी सेवामा विभेद कायमै रहेको चर्चा गर्देमधेशी, आदिवासी तथा जनजातिको उचित प्रतिनिधित्व हुन नसकेकाले सहभागिता बढाउने नीति बनाउनका लागि सुझाव दिए । अध्यक्ष यादवले समानुपातिक निर्वाचन प्रणाली सामाजिक न्यायका लागि आएको भए पनि सो अनुसार व्यवहारमा कार्यान्वयन नभएको उल्लेख गर्दे पार्टीले नै मत पाउने गरी पूर्ण निर्वाचन प्रणाली आवश्यक भएको बताए ।

मधेश प्रदेशका मुख्यमन्त्री एवम् पार्टीका नेता लालबाबु राउतले समान विचार र सिद्धान्त भएका पार्टीहरूका बीचमा एकता जारी रहने बताउँदै प्रदेश सरकारसंग भएको अधिकार अनुसार काम गरेको जानकारी दिए । राजपा लोकतान्त्रिकका अध्यक्ष रितेश सिंह नेतृत्वमा रहेको पार्टी औपचारिक रुपमा जनता समाजवादी पार्टी नेपालमा आइतबारदेखि समाहित भएको छ ।

Comment


Related News

Latest News

Trending News