अपडेट 
२०७९ जेष्ठ ३०, सोमबार ०७:१८

रौतहट । गौर नगरपालिका वडा नम्बर–४ टिकुलिया स्थित रहेको लाल बकैया घाटमा ठेकेदारले सम्झौता विपरित सर्व साधारण सितसंग रकम असुली गरिरहेका छन् ।

गौर नगरपालिकाले सो घाटमा रहेको ढुंगा चलाउनका लागि दिएका ठेकेदारले सम्झौतामा उल्लेख गरिएको शर्तलाई उलंघन गर्दै रकम उठाउने गरेको हो । गौर औरैया सडक खण्डमा पर्ने सो घाटमा तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले शिलान्यास गरेको पुल समयमा निर्माण हुन् नसक्दा स्थानियहरुलाई वर्षाको समयमा वारी पारी आवत जावत गर्न धेरै कठिनाई भोग्नु परेको छ । पुल निर्माणको जिम्मा लिएका पपु कन्स्ट्रकसनले ठेका भएको ८ वर्ष विति सक्दा पनि पुल निर्माण गर्न नसकदा गौरदेखि पश्चिम औरैया , बन्जराह , मठिया , महुलिया , लगायतका गाउका मानिसहरुलाई सदरमुकाम आउन जोखिम पूर्ण अवस्थाबाट गुज्रिनु परेको छ । गौर नगरपालिकाले नदीमा सर्व साधारणहरुलाई वारी पारी गर्न सहज हुने उद्देश्यले उपलव्ध गरेको डुंगा चलाउनलाई जिम्मा दिएको ठेकेदार विकाउ सहनीले शर्त विपरित सर्व साधारण सित रकम लिने गरेको बुझिएको छ । नदीमा पनि आएको कारण बनाईएको लचकबाट आवत जावत गर्नेहरु सित घाटका ठेकेदारले प्रति व्यक्ति २० रुपैया ,मोटर साइकल र साइकल तथा सामानहरुको छुटै रकम लिने गरेको स्थानीयहरुले बताएका छन् । गौर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर प्रथम पक्ष र डुंगा चलाउन जिम्मा लिएका गौर नगरपालिका वडा नम्बर–४ बस्ने विकाउ सहनी दोस्रो पक्षबीच २०७९ जेठ १६ गते भएको सम्झौताको बुदा नम्बर ३ मा दोस्रो पक्षले सम्झौता भएको मितिदेखि नै निःशुल्क रुपमा नदी किनारमा पुगेका यात्रुहरुलाई वारपार गराउनु पर्ने उल्लेख गरिएको छ ।

बुदा नम्बर २ मा विहान ४ बजे देखि बेलुकी ८ बजे सम्म सेवा दिनु पर्ने शर्त सम्झौता पत्रमा रहेको छ । कुनै यात्रुबाट शुल्क लिएको प्रमाण फेला परे सम्झौता रद्द गरी कारवाही गर्ने उल्लेख गरी पनि ठेकेदार ले आफ्नो मान्छे राखेर यात्रु सित रकम निर्वाध रुपमा असुली गरेर नगरपालिकालाई खुलेयाम चुनौती दिएका छन् । २०७९ जेठ १६ गते देखि असार मसान्त सम्मको लागि उपलव्ध गराईएको डुंगाको लागि नगरपालिका ले के कति रकम भुक्तानी गर्ने भन्ने बारेमा सम्झौता पत्रमा कहिँ कतै उल्लेख नगरिएकोले रकम दुरुपयोग गर्ने मनसाय भएको टिप्पणी हुन् थालेका छन् । सम्झौता पत्रमा आर्थिक बर्ष ७८/०७९ मा गौर नगरपालिकाको योजना तथा कार्यक्रमबाट विनियोजित बजेट अन्तर्गत रकम दिने शव्द उल्लेख भएको देखिन्छ । सम्झौता पत्रमा प्रथम पक्षले दोस्रो पक्षलाई कार्य गराए वापत दिनु पर्ने रकम प्रस्ट रुपमा उल्लेख गर्नुपर्ने कानुनी प्रावधानलाई नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृतले समेत उलंघन गरेका छन् । निःशुल्क रुपमा कार्य गर्न भनिएको ठेकेदारले शुल्क लिने गरेकोले रद्द गरी कारवाही गर्न स्थानीयहरुले माग समत गरेका छन् । रकम असुल गर्न ठेकेदारले राखेका कर्मचारीले पनि रकम लिने गरेको स्वीकार्य गरेकोले ठेक्का रद्द गर्नुको बाहेक कुनै विकल्प नरहेको छ ।

Comment


Related News

Latest News

Trending News