
एकीकृत बाल क्लब जनकपुरधामले विश्व बाल श्रम बिरुद्धको दिवस मनाएको छ । बाल क्लबले उपमहानगरपालिकामा बढ्दै गएको बाल श्रममा रोक लगाउन माग गरेको हो ।
’बाल श्रम अन्त्य गरौँ, बाल अधिकारको सुनिश्चितता गरौँ, यो कलिलो हात : मजदुरी गर्न होईन सरकार, कलमको डोभले भविष्य बनाउन हो’ जस्ता नाराहरूको साथमा जनकपुरधामको जनक चौकमा प्रदर्शन गरेका छन् । एकीकृत बाल क्लबको आयोजनामा तथा कायापलट र ओरेक नेपालको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा चन्दन कौशिकले बालबालिका आफ्नो र आफू जस्ताको अधिकारबारे सचेत देखेकोमा खुशी व्यक्त गरेका थिए । उनले भने, ’ सरोकारवाला निकायलाई थप जागरुक बनाउन भाई बहिनीको उत्साहलाई सकारात्मक बनाउन पर्छ ।’ कार्यक्रममा कायापलटका संयोजक दिवाकर उप्रेतीले सरकार थप संवेदनशील बन्न पर्ने बताए । जनकपुरधामको सन्दर्भमा उनले बढ्दै गएको बाल श्रमको तथ्याङ्क नरहेको र सरकार र अन्य संस्थाको तथ्याङ्क फरक रहेको बताए ।
कार्यक्रममा ओरेक नेपालका जिल्ला संयोजक रोजलिन सिंह बच्छार, अधिकारकर्मी जमुना भुजेल, सेभ द चिल्ड्रेनका प्रतिनिधि अभिलेष कर्ण, युवा अभियान्ता कैयुम राईन, महिला अधिकारकर्मी सुभद्रा आले, युवा अभियन्ता रिषभ साहि, सुभम झा, इन्सेक प्रतिनिधि बरुण बस्याल, एकीकृत बाल क्लबकी अध्यक्ष श्रुति तिवारी, बाल क्लबकी सचिव हिमानी मिश्रा सहित ६० जना बढीको उपस्थिति थियो ।