जलेश्वर ।महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाको वडा नम्बर ४ चकवा टोल थोरै वर्षाहुँदा डुबानमा परेको छ ।
पानीको समुचित निकास नहुँदा सडक नै जलमग्न हुने र तत्कालै पानीपनि नबग्ने समस्याबाट पीडित बनेका छन् ।सडकमा पानी जमेको कारण विद्यार्थीहरुलाई विद्यालय जान समेत समस्या भइरहेको छ । सम्बन्धित निकायको पटकपटक ध्यानाकर्षण गराएपनि समस्या ज्यूँको त्यूँ रहेको छ ।घरहरुमा पानी पस्ने र कयौं दिन सम्म पानी रहिरहने कारणले अन्य समस्याहरु समेत देखिन थालिएको स्थानीय बासिन्दाहरुको दुखेसो छ ।
विगतका जनप्रतिनिधिहरुले पानीको समस्या समाधानका लागि ध्यान नदिएको र हालपनि समस्या समाधानका लागि चासो नदेखाएको उनीहरुले पीडा सुनाए । आइतवार बिहान समान्य वर्षा हुँदा नै सडकमा भारी पानी जमेको छ ।घरबाट निस्कन सक्ने स्थिति नरहेको स्थानीय बासिन्दाहरुको गुनासो छ ।


