अपडेट 
२०७९ जेष्ठ ३०, सोमबार ०७:३७

जनकपुरधाम ।नेपाल पर्यटन बोर्ड र यूएनडीपीको संयुक्त लगानीमा मधेश प्रदेशमा सात दिने पाक तालिम(कुकिंग)सुरु भएको छ ।

धनुषा जिल्लाको ढल्केवरमा सञ्चालन भएको तालिममा होटेलमा कुकिंगको काम गर्नेहरुलाई सहभागि गराइएको छ । तालिम सञ्चालनको शुभारम्भ होटेल व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष समेत रहेका वेलकम होटेलका सञ्चालक विजय झुनझुनवालाले गरेका थिए । उद्घाटन समारोहमा होटेल व्यवसायी संघका पदाधिकारीहरु, यूएनडीपी र नेपाल पर्यटन बोर्डका अधिकारीहरुको सहभागिता रहेको थियो ।

यूएनडीपीको सस्टेनेबल टुरिज्म फर लाइवलीहुड रिकभरी प्रोजेक्ट(एसटीएलआरपी) अन्तरगत कुकको तालिम सुरु भएको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News