जनकपुरधाम उपमहानगरपालिका वडा नं.१२ कुवा रामपुर टोलमा सात दिने नर्सरी व्यवस्थापन एवम् सौन्दर्य फूल खेती कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सो वडाका करिव २० महिलालाई सहभागी गराइएको थियो । कार्यक्रमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाकी अध्यक्ष प्रवीणाकुमारी ठाकुरले उज्यालो विनाको दीप र सीप विनाको मानिसको जीवन अर्थहीन भएकाले २० महिलालाई सीप सिकेर आफ्नो दैनिकी परिवर्तन गर्न सक्ने अवस्था आएको बताए ।
सामुदायिक सेवा समितिले ३ चरणमा गरी समुदायका युवायुवतीको अवश्यकतालाई मध्यनजर गरी विभिन्न किसिमका सीप विकास सम्बन्धी तालिम सञ्चालन गरिरहने संस्थाकी अध्यक्ष ठाकुरले जानकारी दिइन् । उनले आपूmहरुले यस्ता कार्यक्रम सञ्चालन गर्दा अन्य ठाउँमा यस्तो लगनशील व्यक्तिहरुको अभाव देखिएको र यस वडामा कार्यक्रम सञ्चालन गर्दा सात दिनमा देखिएको नतिजाले छिट्टै दोस्रो चरणको कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरेकी थिइन् । सो तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण समेत वितरण गरिएको थियो ।


