२०७९ जेष्ठ ३०, सोमबार ०७:५१

बारा जिल्लाकी एकजना बलात्कार पीडित किशोरीको गर्भ तुहाएको आरोप लागेका डाक्टर र सामूहिक बलात्कार गर्ने अभियुक्त दुई जना फरार भएका छन् ।

किशोरीलाई घरबाट राती बलपूर्वक ल्याएर चिकित्सकको सहयोगमा गर्भ तुहाएको पीडित परिवारले आरोप लगाएको छ । आरोपी परिवारका अनुसार ९ महिना पूर्वदेखि १६ वर्षीया किशोरीलाई बलात्कार गरिदै आएको बताइएको छ ।बलात्कार गरेको आरोप लागेको बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर २ का अन्दाजी २५ वर्षीय भोला भन्ने दीपक साह र श्यामसुन्दर साह रहेका छन् ।सोही गाउँपालिका वडा नम्बर ५ प्रस्टोकामा पीडित किशोरीको घर रहेको छ । दीपक साहले ९ महिना देखि यौन शोषण गर्दै आएको ह“ुदा पीडित किशोरी ५ महिनाको गर्भवती भएको बताइएको छ ।आफू गर्भवती भएको जानकारी पीडित किशोरीले दीपकलाई गराएकी थिइन् । गर्भवती भएको घटना थाहा पाएपछि दीपकले मन मिल्ने साथी श्यामसुन्दर साह र सोनी देवीको सहयोगमा शनिवार राती कलैया स्थिते राजलक्ष्मी अस्पतालमा गर्भपतन गराएका थिए । राती अचेत बनाएर गर्भपतन गराएपछि होशमा आएर घर फर्किएकी ती किशोरीको रगत बन्द नभएपछि आफूसँग भएको घटनाबारे अभिभावकलाई बताएकी पीडितकी आमाले जनाइन् । घटनाको यकिन विवरण सार्वजनिक भइ सकेको छैन् ।तर दीपक साहले किशोरीलाई अनेक प्रलोभन र डरधम्की देखाउँदै पटक– पटक बलात्कार गर्दै आएका थिए ।किशोरीले डरकै कारण घटना लुकाएको बताइएको छ ।

जेठ २९ गते पीडित किशोरीका अभिभावकले मुख्य आरोपी दीपक, उनका साथी श्यामसुन्दर साह र सहयोगी सोनीमाथि किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय बारामा दिएका छन् । जाहेरी लगतै अभियुक्त तीनै जना फरार रहेको प्रहरीले जनाएको छ । फरार सबै जनाको खोजतलास भईरहेको प्रहरीले जनाएको छ । पीडित किशोरीको आइतबार दिउँसो प्रादेशिक अस्पताल कलैयामा स्वास्थ्य परीक्षण गराएर प्रहरीकै संरक्षणमा राखिएको प्रहरीले जनाएको छ । बलात्कार पहिले भएको भए पनि आरोपित युवकले ज्यान मार्ने धाकधम्की दिएर तर्साएका कारण पीडित किशोरीले आफूसँग गरिएको कु–कर्मबारे कसैलाई पनि जानकारी नदिएको पीडित किशोरीकी आमाले बताइन् । पीडित किशोरीसित प्रहरीले प्रारम्भिक वयान लिएको बताइएको छ ।पीडितको वयान अनुसार नै प्रहरीले अनुसन्धान र खोजी कार्यलाई तीब्रता दिएकोछ ।

श्यामसुन्दर साह गर्भपतनमा मात्र संलग्न रहेको बताइए पनि पीडित किशोरीका परिवारजनले दुवै मिलेर नै सामूहिक बलात्कार गरेको आरोप लगाएका छन् ।गर्भपतनबारे जानकारी भएको र घटनाबारे अझै विस्तृत रुपमा बुझने काम भईरहेको बारा जिल्ला प्रहरी कार्यालयका प्रवतmा डीएसपी राजेश थापाले जनाए । रजस्वला रोकिएपछि पीडित किशोरीले युवकलाई जानकारी गराएको बताइएको छ ।अस्पतालका डा.ओमप्रकाश महतो पनि फरार भएका छन् ।उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । नेपालको अपराध संहिता अनुसार नाबालिग किशोरीसित सहमतिमा यौन सम्पर्क गरे पनि बलात्कारको मुद्दा लाग्ने उल्लेख छ ।पीडित परिवारले किटानी जाहेरी दिएपछि बलात्कारदेखि गर्भपतन गराउने घटनामा संलग्न सबैलाई कार्वाहीको दायरामा ल्याउनु पर्ने स्थानीय बासिन्दाहरुले माग गरेका छन् ।

छोरी बलात्कार गर्ने आरोपी निलम्वनमा
जितपुरसिमरा ।आफ्नै छोरी माथि यौन दुब्र्यवहारको आरोप लागेका निर्वाचित वडा सदस्यलाई नेकपा एमालेले निलम्वन गरेको छ ।

निलम्वन हुनेमा जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ का वडा सदस्य टल्के थिङ्ग रहेका छन् । नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ को पार्टी कमिटीले आइतबार विज्ञप्ति जारी गर्दै थिंगलाई निलम्वन गरिएको जनाएको छ । छोरीको जाहेरीको आधारमा गत बुधबार प्रहरीले थिंगलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा राखेको छ । थिंगमाथि १९ बर्षकी आफनै छोरीले यौन दुब्र्यवहारको उजुरी प्रहरीमा दर्ता गराएकी छन् । छोरीले आफू १४ बर्षको हुँदाबाटै पटकपटक थिंगले यौन दुब्र्यवहार( बलात्कार)े गरेको आरोप लगाएकी छन् । प्रहरीले वडा सदस्य थिङ्गलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=D0l7A2nTN7s

Comment


Related News

Latest News

Trending News