गृहमन्त्री बालकृष्ण खाँणले मनसुनजन्य विपद्का घटनाहरुबाट हुने क्षति न्यूनीकरण गर्न पूर्व तयारी तथा प्रतिकार्यमा गम्भीर हुन निर्देशन दिनुभएको छ ।
सिंहदरबारमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकमा उहाले मनसुन सुरु भएसंगै विपद्का घटनाहरुबाट हुने क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो । उहाले विपदको सामना गर्न राज्यका सवै निकायले एकीकृत योजना बनाउनुपर्ने बताउनुभयो । त्यस्तै उहाले बिपद जोखिमको तयारी, जनशक्तिको अवस्था एवम् साधन स्रोतको विवरणसहितको विस्तृत कार्य योजना पेश गर्न पनि निर्देशन दिनुभएको छ ।
बैठकमा सरोकारवाला निकायका प्रतिनिधिहरुले विपद्का घटनाहरुबाट हुने क्षति न्यूनीकरण गर्न जनशक्ति र सामाग्रीहरुलाई तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिएका छन् ।