२०७९ जेष्ठ ३१, मंगलवार ०७:०८

उच्च अदालत जनकपुरले एसीड पीडित आरती साहको पेशी तोक्न ढिलाई गरिरहेको छ ।



मुद्दा दर्ता भएको चार महिना बित्नै लाग्दासमेत पेशी तोकिएको छैनन् । जिल्ला अदालत धनुषाबाट मेशिल गएको एक महिना बितिसकेको छ । यद्यपि पेशीको प्रकृया अगाडि बढ्न सकेको छैन् । जिल्ला अदालत धनुषाले निष्पक्ष फैसला नगरेको भन्दै आरतीको भाई संजयकुमार साहले उच्च अदालत जनकपुरमा ०७८ माघ १० गते मुद्दा दर्ता गराएको जहारेवलातर्फको अधिवत्ता रिंकु यादवले जानकारी दिइन् । उनका अनुसार आरतीको मुद्दा दर्ता भएको एक सातापछि आरतीको श्रीमान् सञ्जिवले पनि जिल्ला अदालतको फैसलाले चित्त नबुझेको भन्दै मुद्दा दर्ता गराएका छन् । सञ्जिवले आफ्नै श्रीमती आरती र छोरी रियामाथि ०७७ कार्तिक २७ मा एसिड छ्यापेका थिए । जिल्ला अदालतले भदौ १० गते मुद्दाको फैसला सुनाउँदै मुख्य प्रतिवादी सञ्जिवलाई दश वर्ष कैद र ६ लाख ५० हजार जरिवाना तिर्नुपर्ने सजाय सुनाएको थियो । एसीड व्यवसायी नागेन्द्र साहलाई भने सफाइ दिइएको थियो । यही फैसला विरुद्द अहिले दुबै पक्षबाट उच्च अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्ता यादवले यस मुद्दामा प्रत्याशी झिकाई पाउ भन्ने आदेश आएपछि पेशीको प्रकृया अगाडि बढ्ने जिकिर गरिन् । ‘झिकाई पाउ आदेश आएपछि थुनामा रहेकोलाई पत्र र बाहिर भएकालाई म्याद जाने गर्छन्,’उनले जानकारी दिदै भनिन्–‘ हाजिर भएपछि दुबै पक्षबाट बहस शुरु हुन्छ । त्यसपछि सुनवाई प्रकृया अगाडि बढ्छ ।’

अदालतका श्रेस्तेदार खड्गराज अधिकारीले मुद्दा संख्या बढी र कर्मचारी र इजलाश संख्या कम भएको हुनाले पेशीमा ढिलाई भएको हुन सक्ने बताए । यद्यपि यस बारेमा बुझेर थप जानकारी दिने उनले बताए । ज न क प ु र ध ा म उपमहानगरपालिकाकी एसीड पीडित आरतीले दुबै जनालाई उमेर कैद हुनुपर्ने माग गरेकी छिन् । जिल्ला अदालतको फैसला आएपछि अदालतमै पुगेर आरतीले आक्रोश पोखेकी थिइन् । न्यायाधीशलाईनै गाली गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए । ‘ममाथि एसीड आक्रमण गर्ने र एसीड उपलब्ध गराउने उस्ता उस्तै हो । उपलब्ध गराउनेलाई छ्याप्ने भन्दा बढी कारवाही हुनुपर्छ,’आरतीले भनिन्–‘अपराधीको मतियार बनेका व्यवसायीलाई किन सफाई दियो ? जब उसंग एसीड बेच्ने लाईसेन्स पनि छैन् । घूस लिएर न्याय किनबेच गर्न मिल्छ ?’ व्यवसायी नागेन्द्रलाई पनि कारवाही हुनुपर्ने उनको माग छ ।

जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले ०७७ मंसिर २४ मा श्रीमतीमाथि एसीड प्रहार गर्ने सञ्जिव र एसीड बेच्ने नागेन्द्रलाई समेत १५ वर्ष ६ महिना कैद र कानुन बमोजिम उपचार खर्च उपलब्ध गराउनुपर्ने दावी गर्दै जिल्ला अदातलतमा मुद्दा दर्ता गराएको थियो । अव सोही अुनसार अहिले उच्च अदालतमा मुद्दा परेको छ ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=D0l7A2nTN7s

Comment


Related News

Latest News

Trending News