जिल्ला कारागार कार्यालय रौतहटमा कैदी बन्दी जीवन बिताई रहेका नेपाली कांग्रेसका नेता महताव आलमले कारागार भित्र मेरो हत्या गराउने षडयन्त्र भई रहेको बताएका छन् ।
सोमबार कारागार भित्रबाट जिल्ला प्रशासन कार्यालय रौतहटमा शान्ति सुरक्षाको लागि दिएको निबेदन पत्रमा आलमले नेकपा एमालेका कार्यकर्ता रौतहट राजपुर नगर पालिका–६ बस्ने किरण साहले हत्या गराउने षडयन्त्र गरेको आरोप लगाएका छन् । २०६४ साल चैत्र २७ गते राजपुर फरहदवामा भएको बम बिसफोटको घटनाको आरोपमा कारागारमा रहेका आलमले २ दिन देखि साह कारागार कार्यालयमा आउने गरेको र सोमबार प्रहरीको अगाडि नै हत्या गराउने धम्कि समेत दिएको दावी गरेका छन् । रौतहटको माधव नारायण नगर पालिका ७ लौकाहामा भएको एक महिलाको हत्याको आरोपमा कारागार मा रहेका कन्ट्राक्ट किलरको रुपमा परिचित छोटेलाल साहलाइ मेरो हत्या गराउनको लागि सुपारी दिन लागेको आलमले निबेदन पत्रमा उल्लेख गरेका छन् । पटक पटक कारागार गएका साह पैसाको लागि अपहरण,हत्या जस्ता घटना घटाउने गरेकोले कुनै पनि बेला ज्यान जाने खतरा रहेको हुँदा साह लाइ कारागार बाट अर्को कारागार पठाउन जिल्ला प्रशासन कार्यालय सित आग्रह गरेका छन् । कारागार कार्यालयका जेलर शम्भु यादवले किरण साह बिगत २ दिन देखी लगातार रुपमा कारागारमा आएर छोटेलाल साह संग भेटघाट गर्ने गरेको बताएका छन् । हत्याको आरोपमा कैदी जीवन बिताई रहेका साहको गतिबिधिबाट आलम लाइ खतरा हुन सकिने उनको भनाइ रहेको छ ।


राजपुर नगर पालिकाका नगर प्रमुख डाक्टर राजिक आलमले गौर कारागार कार्यालयमा बन्दी जीवन बिताई रहेका काका महताब आलमलाइ खतरा रहेकोले उनको सुरक्षा प्रदान गर्न र अपराधीक षडयन्त्र गर्ने किरण साह माथि कानुनी कारवाही समेत गर्न स्थानीय प्रशासन संग माग गरेका छन् । बुबा पनि कारागारमा रहेको कारण आफ्नो घरपरिवार माथि पनि खतरा रहेको नगर प्रमुख आलमले बताए । नगर प्रमुख आलमका अनुसार किरण साह सधै हिन्दु मुस्लिम समुदायको बीचमा सामाजिक सदभाव बिगार्ने कार्य गर्दै आएका छन् । गाउँ घरमा गरिब परिवारका व्यक्तिहरुलाई झुठा मुद्दामा फसाउने धम्कि दिएर रकम असुलने गरेको, आफ्नो नजिकका व्यक्तिलाइ जुन सुकै मुद्दामा साक्षी राखेर रकम बार्गेनिंग गर्ने गरेको जन गुनासो धेरै रहेको आलमले जनाए । एमाले नेता किरण साहले आलमको आरोप गलत भएको दावी गर्दै कारागार बाट आलमले नै मेरो हत्याको योजना बनाउने गरेको बताएका छन् । कारागारबाट रिहा भएको जिगडवा निवासी सुरेन्द्र बैठाले फोन मार्फत आलमले हत्या गराउनलाइ नन्दु ठाकुर र छोटेलाल साहलाइ सुपारी दिन लागेको जानकारी प्राप्त भएको साहले बताएका छन् ।
साहले जानकारी पाए पछि कारागार पुगेर नन्दु ठाकुर, छोटेलाल साह सित सोध्दा पुष्टि भएकोले मेरो ज्यान माथि खतरा रहेकोले शान्ति सुरक्षाको लागि प्रशासन समक्ष निबेदन दिएको जानकारी दिएका छन् ।


