२०७९ जेष्ठ ३१, मंगलवार ०७:३६

सर्लाहीमा असार ५ गते जिल्ला समन्वय समितिको चुनाव हुने भएको छ ।

कार्यपालिकाको चुनाव सम्पन्न भएको १० दिनभित्र जिल्ला समन्वय समितिको चुनाव गरिसक्ने प्रावधान अनुसार असार ५ गतेका लागि चुनाव गर्ने मिति तोकिएको जिल्ला निर्वाचन कार्यालय मलंगवा, सर्लाहीले जनाएको छ । ९ सदस्यीय जिल्ला समन्वय समितिको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका समेत प्रकाशन गरिसकेको छ । प्रमुख, उपप्रमुख, महिला सदस्य, दलित वा अल्पसंख्यक सदस्य र खुला सदस्य गरेर ९ जनाका लागि चुनाव हुने बताइएको छ ।

जिल्ला समन्वय समितिको चुनावका लागि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु मात्र निर्वाचनमा उम्मेदवार हुन पाउने प्रावधान रहेको छ भने नगर प्रमुख,नगर उपप्रमुख ,गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुले मात्रै मतदान गर्न पाउने प्रावधान रही आएको छ । जिल्ला समन्वय समितिको निर्वाचनका लागि असाढ २ गते मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । निर्वाचनका सबै प्रक्रिया पूरा गरेर असार ५ गते चुनाव हुने जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News