कलैया : पाँच दलीय गठबन्धनलाई भारी मतले पराजित गर्दै नेकपा एमालेका उम्मेदवारले जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुखमा बिजयी भएका छन् ।
सम्पन्न निर्वाचनमा ३२ मत खसेको थियो । एमालेका नरेन्द्र कुमार साहले २० मत ल्याई बिजयी भएको प्रमुख निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्दी गठबन्धनका नेपाली कांग्रेसको तर्फबाट प्रमुखका उम्मेदवार रामदयाल महतोले ९ मत मात्रै ल्याउन सकेका थिए । ३ मत भने बदर भएको थियो । त्यसैगरउपप्रमुखमा एमालेकी चन्डीका उप्रेतीले १७ मत प्राप्त गरी निर्वाचित भएकी छिन भने गठबन्धनबाट जसपाका उपप्रमुखका उम्मेदवार पवन कुमार ब्याहुतले १५ मत प्राप्त गरेका थिए ।
त्यस्तै सदस्यहरुमा एमालेका सुमित्रा देवी, नेसा खातुन, जसपाका प्रदीप कुमार केसरी, श्यामबाबु यादव, चन्देश्वर प्रसाद यादव, लोसपाबाट उमादेवी चमार र प्रभादेवी निर्वाचित भएका छन् । समन्वय समितिको निर्वाचनमा ९ वटा पदका लागि प्रमुख उपप्रमुख र सदस्यहरु गरी २२ जनाले उम्म्ेदवारी दर्ता गराएका थिए ।
Please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=D0l7A2nTN7s