२०७९ जेष्ठ ३१, मंगलवार १५:४९

कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले आगामी असार १५ सम्म ८० हजार मेटिकटन मल उपलब्ध हुने आश्वासन दिनु भएको छ ।

कृषि मन्त्रालयको विनियोजित बजेट सम्बन्धमा प्रतिनिधिसभामा भइरहको मन्त्रालयगत छलफलमा उठेको प्रश्नको जवाफ दिंदै मन्त्री यादवले साल्ट ट्रेडिङले ठेक्का लगाएको मल त्यो बेलासम्म आइपुग्ने दाबी गर्नु भएको हो । उहाँले १४ हजार मेट्रिकटन मल मौज्जाद रहेको र भारतसँगको जीटुजीको मल पनि छिट्टै ल्याउन पहल गरिरहेको बताउनुभयो ।

किसानलाई रासायनिक मलको सट्टा नानो यूरिया मल प्रयोग गर्न पनि उहाँले सुझाउनुभयो । सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै मन्त्री यादवले सरकारले मल कारखाना निर्माणको विषय चाँडै टुंगो लगाउने पनि बताउनुभयो । नेपालमा रासायनिक मल कारखाना खोल्ने मोडालिटि चाँडै टुंगिने अवस्थामा पुगेको बताउनुभयो ।

नेपालमा रासायनिक मल कारखाना खोल्नका लागि सरकारले यसवर्ष बजेट विनियोजन गरेको भन्दै उहाँले कारखानाको मोडालिटि टुंग्याउन छलफल भइरहेको जानकारी गराउनुभयो । मन्त्री यादवले किसानको माटो परिक्षणका काम पनि प्राथमिकतामा परेको बताउनुभयो ।

Comment


Related News