२०७९ जेष्ठ ३१, मंगलवार १९:५८

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले असार १ गते बुधबारबाट मतदाता नामावली संकलन सुरु गर्ने जनाएको छ ।

आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै आयोगले बुधबारबाट मतदाता नामावली संकलन गरिने र योग्यता पुगेका सबै नागरिकलाई आफ्नो नाम दर्ता गराउन आग्रह गरेको हो । आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति निकट भविष्यमा घोषणा हुने सम्भावना रहेकाले सो घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन आग्रह गर्नुभयो । उहाले पेसा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्नसक्ने जानकारी दिनुभयो ।

त्यस्तै उहाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोग र नेपाल सरकारसँग परामर्श भइरहेको बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News