समाजमा साहसी भएर अन्याय, अत्याचार तथा हिंसाविरुद्ध लडन सक्ने महिलाहरु प्राय कमै भेटिने गरेका छन् ।
तर सिंगो समाजलाई बदल्न चाहने र महिला हिंसाविरुद्ध सदैव सशक्त आवाज उठाउँदै परिवर्तनको विगुल फुक्ने महिलाहरु मध्ये एक हुन सप्तरीको राजविराज नगरपालिका ७ की किरण कुमारी साह । हिंसामा परेकी महिलाहरुको पक्षमा मात्र होइन । असाहाय, अशक्त, दलित लगायत विपन्न परिवारका ब्यक्तीको न्यायका लागी निःशुल्क कानुनी सल्लाह, परामर्श, बहस र पैरवी समेत गर्दै आएकी किरण विगत ३ महिनाको अवधीमा दाईजो तथा विभिन्न वहानामा घर निकालामा परेका ५ जना पीडित महिलालाई पुनः गृह प्रवेश गराउन सफल भएपछि अहिले सवत्र चर्चा र प्रसंशाको पात्र बनेकी छिन । प्रदेश कानुन अधिकृत समेत रहेकी किरणकै पहल र अगुवाईका कारण अहिले राजविराज नगरपालिका १ की सरस्वती दास, राजविराज नगरपालिका ३ की आरती दास, राजविराज ५ की ब्युटी झा, रुपनी गाउँपालिका ६ की लक्ष्मी भगत र अग्नीसाईर कृष्णासवरण गाउँपालिका ६ की सिमा कर्ण गृह प्रवेश गर्न सफल भएकी छिन् । ती सबै महिलालाई दाईजो तथा विभिन्न वहानामा परिवारजनले घर निकाला गरेपछि किरणले निःशुल्क कानुनी साहयता मात्र उपलब्ध गराइनन् अदालतमा जोडदार बहस पैरवी गर्दै संरक्षणात्मक आदेश प्राप्त गरी महिलालाई साथै लिई गई घर प्रवेश गराउन समेत सफल भएकी छिन् ।
महिला हिंसाका घट्नाहरुलाई नजिकबाट नियालेकी किरण आफ्नो क्षेत्रमा यस्ता घट्ना हुन नदिन जोखिम मोलेर भएपनि सधै तत्पर र खबरदारी अभियानमा जुटेकी छिन् । उनको यस्तो साहसी कदमलाई जिल्लाका धेरै ब्यक्ती, सञ्चारकर्मी, अधिकारकर्मी र प्रहरीले खुलेर साथ दिएका छन् । अन्यायमा परेका दर्जन बढी महिलालाई न्याय दिलाउन सफल भएकी किरणको दिनचर्या यस्तै सामाजिक काम गरेर वित्ने गरेको छ । उनी भन्छीन–“महिला हिंसाका अघिकाँश घट्ना सम्पन्न र शिक्षित परिवारबाटै हुने गरेको पाइएको छ, यसले मलाई चकित र दुखित समेत पार्ने गरेको छ ।” २०३६ जेठ १० गते बुवा सुरेश र आमा फुलेश्वरीको छोरीको रुपमा जन्मेकी किरण विद्यार्थी जिवनकाल देखी नै सेवाको भाव बोकेर अघि बढेको उनका सहपाठी सालु भुजेल बताउँछिन । हिंसामा परेका महिलाहरुलाई न्याय दिलाउदै समाजमा पुनःस्थापना गर्ने देखी समाजलाई यस्ता घट्नाबाट टाढै राख्न बेला बेलामा उनी आफ्नो ब्यक्ती खर्च गरेर भए पनी विभिन्न सचेतनामुलक कार्यक्रम समेत संचालन गर्दै आएकी छिन् । यस वापत कति सम्मान र पुरस्कारबाट सम्मानित भए भन्ने हेक्का राख्न पनि मुस्किल भएको छ किरणलाई । उमेरले ४१ वसन्त पार गरेकी उनी कानुनी र समाजसेवा क्षेत्रमा सकृय मात्र छैनन, काम पुरा गरेर देखाउने जुझारु लोहस्त्रीका रुपमा समेत परिचित छन राजविराजमा ।
मलाई परिवारले आफ्नो इच्छा अनुसारको क्षेत्रमा लाग्न प्रेरित गरेकाले घरको पर्खाल नाघेर कानुनी सहायता र समाजसेवा क्षेत्र तीर व्यस्त भएको र यसबाट निकै आत्मसन्तुष्टि मिल्ने गरेको उनको भनाई छ । किरण भन्छिन–“श्रीमान् विनोद, ससुरा देवनारायण र सासु शान्ति देवीको पनि उत्तिकै साथ र सहयोग पाएपछि हौसला झन बढेर आयो ।” उनले पीडितलाई न्याय दिलाउने क्रममा प्रहरी उपरिक्षक अभिनारायण काफ्लेले पनि सकारात्म सहयोग गरिरहेको बताईन । नेपाल सरकारले महिला हिंसा विरुद्ध धेरै कानुन बनाएपनि त्यसको पालना र उचित कार्यान्वयन शिक्षित परिवार बाटै नहुँदा अहिले पनि धेरै महिलाहरु घरेलु हिंसाको शिकार हुनु परेको नमिठो यर्थात प्रति दुःख लाग्ने गरेको उनको भनाई छ । कतिपय स्थानमा दाईजो नल्याएको भन्दै महिलालाई गर्भवती अवस्थामै पनि घर निकाला गरिएका घट्नाहरु सम्झेर आफु स्तब्ध हुने गरेको उनी बताउँछिन । “हिंसामा परेका महिलाहरु आफ्नो वेदना सुनाउन र न्याय खोज्न अझै पनि घर खोज्दै विहान विहानै आउने गरेको छ, किरण भन्छीन–उमेर र शरीरले भ्याए सम्म मेरो बाँकि जिवन यसरी नै अन्यायमा परेकाहरुलाई न्याय दिलाउनमा उपयोग गर्छ ।”
please subscribe our official youtube channel and support us.



