२०७९ असार १, बुधबार ०७:३२

वीरगञ्ज स्थित भारतीय महावाणिज्य दुतावासले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

भारतले मनाउदै आएको आजादीको अमृत महोत्सव कार्यक्रम अन्तर्गत विश्व रक्तदाता दिवसको अवसरमा, दूतावासले रक्तदान कार्यक्रमका आयोजना गरेको हो । महाबाणिज्य दुतावास परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा वाणिज्य दूतावासका पदाधीकारी तथा कर्मचारी, नेपाल सशस्त्र प्रहरी बल,जनपथ प्रहरी र नेपाली युवा उद्यमी मञ्चका अधिकारीहरू गरी २० जना द्वारा रक्तदान गरेका थिए ।

रक्तदानबाट हुने फाइदाबारे जनचेतना जगाउनुका साथै पर्सा जिल्लामा रगतको अभाव पूर्ति गर्न योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बीरगञ्ज कार्यालयको सहकार्यमा गरेको थियो । छ महिनामा वाणिज्य दूतावासले यो दोस्रो रक्तदान शिविर आयोजना गरेको हो ।

Comment


Related News