२०७९ असार १, बुधबार ०७:४९

जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीको आयोजना तथा ग्ल्ँएब् र लाइफ नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा सुरक्षित मातृत्व रोडम्याप सम्बन्धि एकदिने कार्यशाला गोष्ठी सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ। गोष्ठीमा सहभागी भएका सर्लाही जिल्ला अन्तर्गत विभिन्न पालिका पालिका प्रमुख ,उपप्रमुख,प्रमुख प्रशासकीय अधिकृत,स्वास्थ्य शाखा प्रमुख लगायतका अतिथिहरुलाई ग्ल्ँएब् का प्रतिनिधि बच्चालाल महतो र रंदिप कुमारले कार्यक्रमको महत्त्व बारेमा प्रकाश पारेका थिए। प्रदेश स्वास्थ्य निर्देशनालयकी नर्सिङ अधिकृत सुनिता प्रसाईं र प.हे.न.नि लक्ष्मी श्रेष्ठले सुरक्षित मातृत्व सम्बन्धि तयार पारिएका रोडम्याप अनुसारका कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए। प.हे.न.नि श्रेष्ठले दिगो विकास लक्ष्य हासिल गर्न अव ८ वर्ष मात्र बााँकी रहेकोले २०३० सम्ममा देशभरका ७६१ वटै स्थानीय सरकारले दिगो विकास लक्ष्य २०३० का सबै सूचकहरु पूरा गर्नुपर्ने बताएकी थिइन्।

उनले स्थानीय तहहरुमा आर्थिक वर्ष २०७९–२०८० को नीति तथा कार्यक्रमहरु बनाउँदा भौतिक पुर्वाधारसँगै सामाजिक क्षेत्र अन्तर्गत दिगो विकास लक्ष्यका सूचकहरु र अन्तराष्ट्रीय जनसंख्या तथा विकास सम्मेलनले तय गरेका लक्ष्यहरु प्राप्त गर्नका लागि सुरक्षित मातृत्वका लागि तयार पारिएका रोडम्याप अनुसारका कार्यक्रमहरुलाई पनि आ.व २०७९–०८० को योजनामा समावेश गरि बजेट विनियोजन समेत गर्न अनुरोध गरेका थिए। कार्यक्रममा स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख नवल किशोर झा लगायत सर्लाहीका विभिन्न स्थानीय तहका प्रमुख ,उप प्रमुख ,प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो। मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवको अध्यक्षता तथा सामाजिक विकास मन्त्रालय मधेश प्रदेश सचिव इम नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा मलंगवा स्थित महेन्द्र होटलको सभाहलमा कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो।

Comment


Related News

Latest News

Trending News